फाइनल प्रवेशका लागि जर्मनी र पोर्चुगल भिड्ने, स्पेनको प्रतिद्वन्द्वी फ्रान्स
काठमाडौ । यूईएफए नेसन्स लिग फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । सोमबार बिहान भएका खेलहरूमा जर्मनी, स्पेन, फ्रान्स र पोर्चुगल विजयी भएसँगै अन्तिम चार समीकरण पूरा भएको हो । अब फाइनल प्रवेशका लागि जुन ४ मा हुने पहिलो सेमिफाइनलमा घरेलु टोली जर्मनी र पूर्वविजेता पोर्चुगल भिड्नेछन् । यो खेल म्युनिखमा हुनेछ । यस्तै दोस्रो […]

काठमाडौ । यूईएफए नेसन्स लिग फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ ।
सोमबार बिहान भएका खेलहरूमा जर्मनी, स्पेन, फ्रान्स र पोर्चुगल विजयी भएसँगै अन्तिम चार समीकरण पूरा भएको हो ।
अब फाइनल प्रवेशका लागि जुन ४ मा हुने पहिलो सेमिफाइनलमा घरेलु टोली जर्मनी र पूर्वविजेता पोर्चुगल भिड्नेछन् । यो खेल म्युनिखमा हुनेछ ।
यस्तै दोस्रो सेमिफाइनलका लागि साविक विजेता स्पेनले पूर्वविजेता फ्रान्स प्रतिद्वन्द्वी पाएको छ । यो खेल जुन ५ मा हुनेछ । यो खेल जर्मनीकै स्टुगार्डमा हुनेछ ।
सेमिफाइनलमा पराजित टोलीले जुन ८ मा तेस्रो स्थानका लागि खेल्नेछन् । सो खेल सकिएपछि त्यही दिन फाइनल खेल हुनेछ ।
तेस्रो स्थानका लागि हुने खेल स्टुगार्डमा र फाइनल म्युनिखमा हुनेछ ।
What's Your Reaction?






