मेसीबिनै मैदानमा उत्रेको अर्जेन्टिनाले ब्राजिलको पोष्टमा गर्‍यो ४ गोल

काठमाडौं । फिफा विश्वकपको दक्षिण अमेरिकी छनोट अन्तर्गत अर्जेन्टिनाले ब्राजिलको पोष्टमा ४ गोल गरेको छ । लियोनेल मेसीबिनै मैदानमा उत्रेको अर्जेन्टिनाले ब्राजिलमाथि ४-१ को सानदार जित हात पारेको हो  । अर्को वर्ष नर्थ अमेरिकामा हुने फिफा विश्वकपको स्थान सुरक्षित गरिसकेको अर्जेन्टिनाले खेलको शुरुमै दबदबा देखायो अर्जेन्टिनाका लागि जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्सिस म्याक एलिस्टर र […]

Mar 26, 2025 - 02:38
 0
मेसीबिनै मैदानमा उत्रेको अर्जेन्टिनाले ब्राजिलको पोष्टमा गर्‍यो ४ गोल

काठमाडौं । फिफा विश्वकपको दक्षिण अमेरिकी छनोट अन्तर्गत अर्जेन्टिनाले ब्राजिलको पोष्टमा ४ गोल गरेको छ । लियोनेल मेसीबिनै मैदानमा उत्रेको अर्जेन्टिनाले ब्राजिलमाथि ४-१ को सानदार जित हात पारेको हो  ।

अर्को वर्ष नर्थ अमेरिकामा हुने फिफा विश्वकपको स्थान सुरक्षित गरिसकेको अर्जेन्टिनाले खेलको शुरुमै दबदबा देखायो

अर्जेन्टिनाका लागि जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्सिस म्याक एलिस्टर र जिउलियानो सिमीओनीले गोल गर्दै शानदार जित सुनिश्चित गरे।

चौथो मिनेटमा थियागोल अल्माडाको पासमा जुलियन अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए। त्यसपछि १२ औं मिनेटमा एन्जो फर्नान्डेजले नाहुल मोलिनाको पासमा गोल गर्दै अग्रता दोब्बर बनाए।

ब्राजिलका लागि माथिउस कुन्हाले २६ औं मिनेटमा एक गोल फर्काएर ब्राजिललाई खेलमा फर्काउने संकेत दिएका थिए। तर, अर्जेन्टिनाका म्याक एलिस्टरले ३७ औं मिनेटमा एन्जो फर्नान्डेजको पासमा गोल गर्दै पहिलो हाफमै ३-१ को अग्रता बनाउन सफल भए।

दोस्रो हाफमा अर्जेन्टिनाले एक गोल थप्यो। ७४ औं मिनेटमा सिमीओनीले गोल गर्दै अर्जेन्टिनाको जीत निकाले ।

यो जितपछि अर्जेन्टिना १४ खेलबाट ३१ अंकसहित शीर्ष स्थानमा पुगेको छ। ब्राजिल भने २१ अंकसहित चौथो स्थानमा छ। इक्वेडर र उरुग्वे क्रमशः २३ र २१ अंकका साथ दोस्रो र तेस्रो स्थानमा छन्।

यस प्रतियोगितामा शीर्ष ६ स्थानमा रहने टोली सिधै विश्वकपमा छनोट हुनेछन्, जबकि सातौं स्थानमा रहने टिम अन्तरमहादेशिय प्लेअफ खेल्नेछ।

अन्य खेलहरूमा उरुग्वे र बोलिभिया, इक्वेडर र चिलीले गोलरहित बराबरी खेल्दा, कोलम्बिया र पाराग्वेले २-२ को बराबरी खेले भने भेनेजुएलाले पेरुलाई १-० ले हरायो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register