भारतबाट अवैध रुपले ल्याउँदै गरेको सामान बरामद
काठमाडौँ। भारतबाट अवैध रुपले ल्याउँदै गरेको सामान प्रहरीले बरामद गरेको छ। पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका–१ स्थित रामपुरवा सीमा इलाकाबाट बुधबार सशस्त्र प्रहरीले करिब ८ लाख ६ हजार रुपैयाँ बराबरको मोवाईलसँग सम्बन्धित विभिन्न सामान बरामद गरेको हो। विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म हरपुरबाट खटिएको सुरक्षा फौजले भारतबाट अवैध रुपले नेपालतर्फ […]


काठमाडौँ।
भारतबाट अवैध रुपले ल्याउँदै गरेको सामान प्रहरीले बरामद गरेको छ।
पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका–१ स्थित रामपुरवा सीमा इलाकाबाट बुधबार सशस्त्र प्रहरीले करिब ८ लाख ६ हजार रुपैयाँ बराबरको मोवाईलसँग सम्बन्धित विभिन्न सामान बरामद गरेको हो।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म हरपुरबाट खटिएको सुरक्षा फौजले भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको ईयरबड २ सय ९७ थान, मोवाईलका टेयम्पर ग्लाँस २ हजार थान र २ हजार थान ईयरफोन बरामद गरेको हो ।
बरामद सामान आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय पश्चिम नवलपरासीमा बुझाईएको प्रहरीले जनाएको छ।
What's Your Reaction?






