रिलायन्स स्पिनिङ मिल्सको आईपीओमाथि छानबिन गर्न कार्यदल गठन, गोकुल बास्कोटा संयोजक ! 

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले रिलायन्स स्पिनिङ मिल्सको आईपीओमाथि छानबिन गर्ने भएको छ । बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्न लागेको कम्पनीको आईपीओमाथि लेखा समितिले ९ महिनापछि छानबिन अघि बढाएको हो ।  कम्पनीको आईपीओमाथि छानबिन गर्न समितिले नेकपा एमालेका नेता तथा पूृर्व सञ्चारमन्त्री गोकुल बास्कोटाको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको छ […]

Mar 26, 2025 - 09:29
 0
रिलायन्स स्पिनिङ मिल्सको आईपीओमाथि छानबिन गर्न कार्यदल गठन, गोकुल बास्कोटा संयोजक ! 

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले रिलायन्स स्पिनिङ मिल्सको आईपीओमाथि छानबिन गर्ने भएको छ । बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्न लागेको कम्पनीको आईपीओमाथि लेखा समितिले ९ महिनापछि छानबिन अघि बढाएको हो । 

कम्पनीको आईपीओमाथि छानबिन गर्न समितिले नेकपा एमालेका नेता तथा पूृर्व सञ्चारमन्त्री गोकुल बास्कोटाको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको छ । 

बास्कोटाको संयोजकत्वमा समितिले गठन गरेको कार्यदलमा नेपाली कांग्रेसका नेता रामकृष्ण यादव र स्वतन्त्र सांसद अमरेशकुमार सिंह सदस्य छन् । कार्यदललाई कम्पनीविरुद्ध परेका उजुरीउपर छानबिन गरी प्रतिवेदन पेश गर्न एक महिनाको समय दिइएको एक सांसदले बताएका छन् । 

रिलायन्स स्पिनिङ मिल्सले २०८० असारमा नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासनको अनुमति पाएको थियो । तर, झुठो वित्तीय विवरण पेश गरेर प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न लागेको भन्दै कम्पनीविरुद्ध उजुरी परेपछि बोर्डले कम्पनीको आईपीको आईपीओ निष्कासनमा रोक लगाएको थियो । २०८० माघमा संस्थागत लगानीकर्तालाई ४० प्रतिशत सेयर बिक्री गरेको कम्पनीले दोस्रो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासनको तयारी गरेका बेला कम्पनीको आईपीओ रोकिएको हो । संस्थागत लगानीकर्तालाई ९ सय १२ रुपैयाँमा सेयर बेचेको कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले आईपीओ निष्कासनको अनुमति पाएको थियो । 

रिलायन्स स्पिनिङ मिल्सले वित्तीय विवरणमा विद्युत प्राधिकरणलाई तिर्नुपर्ने बक्यौता रकमसमेत लुकाएको भेटिएको थियो । कम्पनीले डेडिकेटेड लाइन प्रयोगबापत प्राधिकरणलाई ७५ करोड ३६ लाख ८४ हजार रुपैयाँ बक्यौता तिर्न बाँकी छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register