सुजता कोइराला नेतृत्वको २० जनाकाे टाेली चीनको छेन्डुमा

छेन्डु, चीन।  चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागकाे निमन्त्रणामा सिचुवान पुगेको नेपाली कांग्रेसकाे केन्द्रीय सदस्य एवम् पूर्व उपप्रधान तथा परराष्ट्र मन्त्री सुजता कोइराला लगायत २० जनाकाे टाेलीले चीनकाे सिचुवान प्रान्त स्थित छेन्डुकाे साङछेङड्यु म्युजियम र समाजवादी गाउँ चान्सी चाेनकाे भ्रमण गरेको छ । साे क्रममा पूर्व उपप्रधान तथा परराष्ट्र मन्त्री सुजता काेईरालाले साङछेङड्यु म्युजियमले चीनकाे कला, […]

Feb 27, 2025 - 12:15
 0
सुजता कोइराला नेतृत्वको २० जनाकाे टाेली चीनको छेन्डुमा

छेन्डु, चीन। 

चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागकाे निमन्त्रणामा सिचुवान पुगेको नेपाली कांग्रेसकाे केन्द्रीय सदस्य एवम् पूर्व उपप्रधान तथा परराष्ट्र मन्त्री सुजता कोइराला लगायत २० जनाकाे टाेलीले चीनकाे सिचुवान प्रान्त स्थित छेन्डुकाे साङछेङड्यु म्युजियम र समाजवादी गाउँ चान्सी चाेनकाे भ्रमण गरेको छ ।

साे क्रममा पूर्व उपप्रधान तथा परराष्ट्र मन्त्री सुजता काेईरालाले साङछेङड्यु म्युजियमले चीनकाे कला, संस्कृति, परम्परा जस्ता कुराकाे आभास मिलेकाे उल्लेख गर्दै  यसबाट नेपालले समेत धेरैकुरा सिक्न सक्ने बताइन् ।

काेइरालाले चीनकाे सांस्कृतिक परम्परा, समाजवादी अवधारणा र कलाले नेपालसंगकाे मित्रतालाई अझ बढी कसिलाे बनाएकाे उल्लेख गर्दै  चीनकाे विकासबाट छिमेकी नेपालले समेत लाभ लिनसक्ने बताइन् ।

कांग्रेस नेता एवम् पूर्व उपप्रधानमन्त्री काेईरालाले चीन सरकारसंग नेपाली कांग्रेसकाे मित्रता पुरानै रहेकाे स्मरण समेत गरेकी छन् ।

भ्रमण टाेलीमा नेपाली कांग्रेसकाे टाेलीमा पूर्व उपप्रधानमन्त्री सुजता कोइराला, नेपाली कांग्रेस दाेलखाकाे सभापति बर्मा लामा लगायत १५ जना र फ्रेण्डस् अन द क्लाउड प्लेटफर्म अफ इन्फुलेन्स नेपालकाे तर्फबाट बरिष्ठ कलाकार कृष्ण मल्ल, फिल्म निर्देशक आरएम नहकर्मी, पत्रकार चिरञ्जीवी मास्के, गाेकर्ण भण्डारी र कृष्ण मल्ल  सहभागी रहेका छन् ।

भ्रमण टाेलीलाई बुधवार चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभाग सिचुवान प्रान्तकाे तर्फबाट जेनजिङ हाेटलमा स्वागत गरिएकाे थियाे । साे अवसरमा चिनियाँ कम्युनिस्ट पार्टी सिचुवान प्रान्तका नेता फुबुदुङ्चु, सिचुवान प्रान्तिय सरकारका पाेलटिकल अफिसर लिउ लि लगायतकाे सहभागिता रहेकाे थियाे ।

भ्रमण टाेलीले विहीवार समाजवादी गाउँ चान्सी चाेनकाे भ्रमण गर्दा त्यहाँका चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) का सचिव काओ लगायतले स्वागत गरेका थिए ।

१२ सय घरधुरी र ४५ सय जनसंख्या भएकाे समाजवादी गाउँ चान्सी चाेन सामुहिक व्यवसाय र सामुहिक भावनाका कारण २० बर्षकाे अवधिमा निक्कै विकसित भएकाे त्यहाँका सिपिसी सचिव काओले बताए ।

अहिले चान्सी चाेनमा बार्षिक ११ लाख पर्यटक पुग्ने र यसले गाँउकाे विकासमा महत्वपूर्ण सहयाेग पुगेको काओकाे भनाई छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register