पुरुषोत्तम कट्टेल साफको महासचिव नियुक्त
काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)को कार्यकारी समितिले पुरुषोत्तम कट्टेललाई महासचिवमा नियुक्त गरेको छ । कट्टेलले सन् २०२५ अप्रिल १ देखि आफ्नो कार्यभार सम्हाल्नेछन् । साफमा नियुक्त हुनुअघि उनी एसियन फुटबल कन्फेडरेसन (एएफसी)मा दक्षिण एसियाली युनिटका प्रमुखका रूपमा १७ वर्ष कार्यरत थिए । “म साफको महासचिवका रूपमा नियुक्त हुन पाउँदा निकै उत्साहित छु । […]

काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)को कार्यकारी समितिले पुरुषोत्तम कट्टेललाई महासचिवमा नियुक्त गरेको छ ।
कट्टेलले सन् २०२५ अप्रिल १ देखि आफ्नो कार्यभार सम्हाल्नेछन् ।
साफमा नियुक्त हुनुअघि उनी एसियन फुटबल कन्फेडरेसन (एएफसी)मा दक्षिण एसियाली युनिटका प्रमुखका रूपमा १७ वर्ष कार्यरत थिए ।
“म साफको महासचिवका रूपमा नियुक्त हुन पाउँदा निकै उत्साहित छु । यो मेरो लागि ठूलो अवसर मात्र नभई चुनौती पनि हो । मैले फुटबलमा आफ्नो करियर सुरु गरेदेखि नै दक्षिण एसियालाई नजिकबाट अवलोकन गरिरहेको छु । यो क्षेत्र चुनौतीपूर्ण भए पनि विकासोन्मुख छ, जहाँ थुप्रै अवसरहरू छन्, र मलाई लाग्छ यस क्षेत्रको भविष्य उज्ज्वल छ,” नियुक्ति भएपश्चात उनले भने ।
उनले भने, “म महासङ्घका अध्यक्ष काजी सालाहुद्दीन तथा कार्यकारी समितिका सदस्यहरूलाई ममाथि विश्वास राखी यो भूमिका प्रदान गरेकोमा धन्यवाद दिन चाहन्छु । साथै, दक्षिण एसियाली फुटबलमा उत्कृष्ट योगदान पुर्याउनु भएका अनवारुल हकलाई विशेष धन्यवाद दिन चाहन्छु । उनको सेवा साँच्चै प्रशंसनीय छ ।”
नेपालका नागरिक कट्टेलले फुटबल प्रशासनमा लामो अनुभव बोकेका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध व्यवस्थापकको रूपमा शासन व्यवस्थासम्बन्धी कार्य सम्हाल्नेदेखि लिएर एसियाभर विभिन्न प्रतियोगिताहरू व्यवस्थापन गर्ने सम्मको उनको अनुभव फुटबलप्रति उनको लगाव दर्शाउँछ ।
यसअघि महासचिव अनवारुल हकले व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएका थिए ।
What's Your Reaction?






