प्रसाईंले प्रहरीलाई भने- जहाँ बोलायो त्यहीँ आउँछु
काठमाडौं । राजसंस्था पुनस्थापनाका लागि जनआन्दोलन समितिका कमाण्डर दुर्गा प्रसाईंले आफू थुनिएर आन्दोलन नरोकिने चेतावनी दिएका छन् । शुक्रबार साँझ सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस सेयर गर्दे प्रसाईंले यस्तो बताएका हुन् । शुक्रबार दिउँसो राजावादी समर्थकको तीनकुनेको हिंसात्मक गतिविधिपछि प्रहरीले प्रसाईंको खोजी थालेपछि उनले प्रहरीलाई जहाँ बोलायो त्यहीँ आउन तयार रहेको बताएका छन् । प्रसाईंले […]

काठमाडौं । राजसंस्था पुनस्थापनाका लागि जनआन्दोलन समितिका कमाण्डर दुर्गा प्रसाईंले आफू थुनिएर आन्दोलन नरोकिने चेतावनी दिएका छन् । शुक्रबार साँझ सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस सेयर गर्दे प्रसाईंले यस्तो बताएका हुन् ।
शुक्रबार दिउँसो राजावादी समर्थकको तीनकुनेको हिंसात्मक गतिविधिपछि प्रहरीले प्रसाईंको खोजी थालेपछि उनले प्रहरीलाई जहाँ बोलायो त्यहीँ आउन तयार रहेको बताएका छन् । प्रसाईंले फेसबुकमा लेखेका छन् ‘मलाई पक्राउ गर्न प्रहरी आइरहन पर्दैन, जहाँ बोलाउँछौ त्यही आउँछु, अब म थुनिएर आन्दोलन रोकिँदैन किनकि दुर्गा अब व्यक्ती हैन विचार हो, अभियान हो ।’
यस्तो छ प्रसाईंको फेसबुक स्टाटस
आजको आन्दोलनमा नेपाल सरकारले एक युवाको हत्या गरेको छ । दिबंगत बन्नुभएका सबिन महर्जन प्रती हार्दिक श्रद्दासुमन ! साथीहरु भर्खरै मलाई पक्राउ गर्ने बारेको सुचना प्राप्त भएको छ, हामी बैदिक बिधी पुर्वक पुजा अर्चना गरेर आमाको आशिर्वाद लिएर शान्तीपुर्ण रुपमा कार्यक्रम स्थल पुग्दा अश्रु ग्यास प्रहार भैरहेको थियो, त्यो देखेपछि कुन चाहि नेपालीको रगत न उम्लदो हो ?
हामी तोडफोड गर्न, आगजनी गर्न, प्रहरी कुट्न गएका थिएनौं, हामी त शान्तीपुर्ण रुपमा सभा, आन्दोलन र घोषणा सभामा सहभागी हुन गएका थियौं, दमन किन ? जुन अप्रीय अवस्था बन्यो त्यो सबै सरकारको दमनको कारण भएको हो, त्यसको क्षतिपुर्ती सरकारले व्यहोर्नु पर्नेछ । अन्त्यमा मलाई पक्राउ गर्न प्रहरी आईरहन पर्दैन, जहाँ बोलाउछौ त्यही आउँछु । अब म थुनिएर आन्दोलन रोकिदैन ।
What's Your Reaction?






