स्कटल्याण्डविरुद्ध पहिले बलिङ गर्दै नेपाल

काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग–२ मा स्कटल्याण्डविरुद्ध नेपालले पहिले बलिङ गर्ने भएको छ । फोर्टहिलमा केही समयमा सुरु हुने खेलमा टस जितेर नेपालले पहिले बलिङ रोजेको हो । नेपालले यसअघि पनि लिग २ अन्तर्गत स्कटल्याण्डसँग खेलिसकेको छ । गत अक्टोबरमा अमेरिकामा भएको शृंखलामा नेपालले स्कटल्याण्डविरुद्ध एक खेल जितेको थियो भने अर्को खेल वर्षाका कारण […]

Jun 2, 2025 - 11:15
 0
स्कटल्याण्डविरुद्ध पहिले बलिङ गर्दै नेपाल

काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग–२ मा स्कटल्याण्डविरुद्ध नेपालले पहिले बलिङ गर्ने भएको छ ।

फोर्टहिलमा केही समयमा सुरु हुने खेलमा टस जितेर नेपालले पहिले बलिङ रोजेको हो ।

नेपालले यसअघि पनि लिग २ अन्तर्गत स्कटल्याण्डसँग खेलिसकेको छ । गत अक्टोबरमा अमेरिकामा भएको शृंखलामा नेपालले स्कटल्याण्डविरुद्ध एक खेल जितेको थियो भने अर्को खेल वर्षाका कारण सम्पन्न हुन सकेन ।

ओडिआई इतिहासमा नेपाल र स्कटल्याण्डबीच ८ खेल भइसकेका छन्, जसमा नेपालले ४ खेल जितेको छ भने स्कटल्याण्डले ३ जित निकालेको छ । एक खेल नतिजाविहीन रहेको छ । पछिल्ला चार खेलमा नेपाल अपराजित रहँदै ३ खेलमा विजयी भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register