कक्षा ११ का विद्यार्थीलाई निःशुल्क शिक्षा दिने परशुराम नगरपालिकाको घोषणा

काठमाडौं । डडेल्धुराको परशुराम नगरपालिकाले कक्षा ११ मा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई अबदेखि निःशुल्क शिक्षा प्रदान गर्ने घोषणा गरेको छ । नगरपालिकाले कक्षा ११ को सम्पूर्ण शुल्क आफैँ व्यहोर्ने निर्णय गरेको हो । यो योजना आगामी आर्थिक वर्षदेखि कक्षा १२ सम्म विस्तार गर्दै लैजाने तयारी भइरहेको मेयर भरत बडायर जोशीले जानकारी दिए ।  “शिक्षा सबैका लागि […]

Apr 15, 2025 - 08:16
 0
कक्षा ११ का विद्यार्थीलाई निःशुल्क शिक्षा दिने परशुराम नगरपालिकाको घोषणा

काठमाडौं । डडेल्धुराको परशुराम नगरपालिकाले कक्षा ११ मा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई अबदेखि निःशुल्क शिक्षा प्रदान गर्ने घोषणा गरेको छ ।

नगरपालिकाले कक्षा ११ को सम्पूर्ण शुल्क आफैँ व्यहोर्ने निर्णय गरेको हो ।

यो योजना आगामी आर्थिक वर्षदेखि कक्षा १२ सम्म विस्तार गर्दै लैजाने तयारी भइरहेको मेयर भरत बडायर जोशीले जानकारी दिए ।  “शिक्षा सबैका लागि पहुँचयोग्य बनाउने हाम्रो अभियानलाई निरन्तरता दिनेछौँ,” उनले भने ।

नयाँ वर्ष २०८२ को अवसरमा उनले सम्पूर्ण नगरबासिन्दालाई हार्दिक शुभकामना व्यक्त गर्दै शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्दै जाने प्रतिबद्धतासमेत जनाएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register