एमालेले ‘युथ समिट’ गर्ने, ४० वर्ष मुनिका ६ हजार युवा सहभागी हुने

काठमाडौं । नेकपा एमालेले पार्टी स्थापना दिवसको अवसरमा युथ समिट गर्ने भएको छ । आइतबार बसेको सचिवालय बैठकले ९ वैशाखमा युथ समिट गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । ‘उक्त समिटमा ४० वर्ष मुनिका ६ हजार युवाहरुको सहभागिता रहने छ’  विज्ञप्तिमा उल्लेख  छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा […]

Mar 30, 2025 - 14:10
 0
एमालेले ‘युथ समिट’ गर्ने, ४० वर्ष मुनिका ६ हजार युवा सहभागी हुने

काठमाडौं । नेकपा एमालेले पार्टी स्थापना दिवसको अवसरमा युथ समिट गर्ने भएको छ ।

आइतबार बसेको सचिवालय बैठकले ९ वैशाखमा युथ समिट गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

‘उक्त समिटमा ४० वर्ष मुनिका ६ हजार युवाहरुको सहभागिता रहने छ’  विज्ञप्तिमा उल्लेख  छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाको अवरोधका कारणले प्रतिस्थापन विधेयक पारित गर्ने प्रक्रियामा व्यवधान सिर्जना भइरहेको प्रति ध्यानाकर्षण भएको जनाउदै संविधान र कानुनको व्यवस्थाअनुरुपको कार्यसम्पादनमा उत्पन्न बाधा हटाउन प्रतिपक्षी दलहरुलाई अनुरोध गरेको  विज्ञप्तिमा उल्लेख छ ।

बैठकले सरकारी विधेयकलाई संविधान र कानुनको व्यवस्थाअनुरुप सम्पादन गर्ने कर्तव्यतर्फ राष्ट्रियसभाका अध्यक्ष र प्रतिनिधिसभाका सभामुखको समेत ध्यानाकर्षण गराएको छ ।

एमाले लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानको रक्षाका लागि दृढतापूर्वक उभिने सङ्कल्प गर्दै सबै राजनीतिक दल, नागरिक समाज तथा आम नेपाली जनतालाई लोकतन्त्रका पक्षमा र पश्चगमनका दुष्प्रयासका विरुद्ध गोलबन्द हुन आह्वान गरिएको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै बैठकले राजावादीका नाममा काठमाडौँँको तीनकुने, कोटेश्वर, जडिबुटीलगायतका क्षेत्रमा अपराधिक समूहले देखाएको उद्दण्डता, अराजकता, तोडफोड, लुटपाट, हत्या र हिंसाका घटनालाई अत्यन्त गम्भीर रूपमा लिँदै त्यसको निन्दा तथा भ्रत्सना गरेको छ ।

शान्तिपूर्ण प्रदर्शनका नाममा सवारीसाधनको प्रयोग गरी सुरक्षा घेरा तोड्ने, सुरक्षाकर्मीमाथि आक्रमण गर्ने, हतियार खोस्ने, सर्वसाधारण नागरिकका घर, व्यवसायिक भवन, सञ्चारगृह, राजनीतिक दलका कार्यालय र सरकारी भवनमाथि आगजनी गर्ने, लुटपाट गर्ने, जानी–जानी हिंसा र आतङ्क सिर्जना गर्ने तथा मुलुकको लोकतान्त्रिक प्रणालीलाई बिथोलेर अराजकतातिर धकेल्नेजस्ता अराजक र आपराधिक क्रियाकलापको छानविन गरी दोषीउपर तत्काल कारबाहीको प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकषर्ण गराइएको विज्ञप्तिमा उल्लेख छ ।

एमालेले प्रदर्शनका क्रममा ज्यान गुमाएकाहरुका परिवारजनमा समवेदना तथा घाइतेको शीर्घ स्वास्थ्यलाभको कामना गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register