रविन्द्र मिश्र र धवलशमशेर राणालाई राज्यविरुद्ध अपराधको मुद्दामा पाँच दिन म्याद थप

काठमाडौं । जिल्ला अदालत काठमाडौंले राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र सांसदसमेत रहेका महामन्त्री धवलशमशेर राणालगायत ११ जनालाई राज्यविरुद्धको अपराध गरेको आरोपमा पाँच दिन म्याद थप गरेको छ । राजावादी प्रदर्शनका क्रममा शुक्रवार काठमाडौंको तीनकुनेमा घटेको हिंसात्मक घटनामाथि अनुसन्धान गर्न प्रहरीले पाँच दिन म्याद थप गरेको हो । पक्राउ परेकामध्ये बाँकी ३१ जनालाई आपराधिक उपद्रव […]

Mar 30, 2025 - 14:01
 0
रविन्द्र मिश्र र धवलशमशेर राणालाई राज्यविरुद्ध अपराधको मुद्दामा पाँच दिन म्याद थप

काठमाडौं । जिल्ला अदालत काठमाडौंले राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र सांसदसमेत रहेका महामन्त्री धवलशमशेर राणालगायत ११ जनालाई राज्यविरुद्धको अपराध गरेको आरोपमा पाँच दिन म्याद थप गरेको छ ।

राजावादी प्रदर्शनका क्रममा शुक्रवार काठमाडौंको तीनकुनेमा घटेको हिंसात्मक घटनामाथि अनुसन्धान गर्न प्रहरीले पाँच दिन म्याद थप गरेको हो ।

पक्राउ परेकामध्ये बाँकी ३१ जनालाई आपराधिक उपद्रव र संगठीत अपराधको अभियोगमा म्याद थप गरिएको छ । पक्राउ परेकामध्ये राजावादी आन्दोलनका प्रवक्ता स्वागत नेपाललाई प्रहरीले हाजिरी जमानीमा छाडेको छ ।

घटनाका विषयमा अनुसन्धान गर्न प्रहरीले करिब एक सय जनाभन्दा बढीलाई पक्राउ गरे पनि अहिले ४२ जनालाई मात्रै अदालतमा पेस गरेर अनुसन्धानको प्रक्रिया अघि बढाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले घटनामा संलग्नहरूका बारेमा सरोकारवालाहरूसँग जाहेरी र अरु सूचनाका लागि सार्वजनिक आह्वान भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register