स्वास्थ्यमा सुधारपछि काममा फर्किए बेलायती राजा, नेपाली राजदूतको कार्यक्रम तय हुन बाँकी
लन्डन- स्वास्थ्य समस्याका कारण केही दिन आराम गरी बसेका बेलायती राजा चार्ल्स तृतीय आफ्नो जिम्मेवारीमा फर्किने भएका छन्। गत विहीबार अस्पताल पुगेर फर्किएपछि आराम गरेका राजाको स्वास्थ्यमा सुधार आएपछि उनले औपचारिक समारोहरुमा भाग लिने भएका हुन् । क्यान्सरविरुद्ध उपचार गराइरहेका राजा चार्ल्सले स्वास्थ्यकै कारण गत विहिबारदेखि आफ्ना कार्यक्रम रद्ध गरेका थिए। जसकै फलस्वरुप उक्त दिनलाई […]

लन्डन- स्वास्थ्य समस्याका कारण केही दिन आराम गरी बसेका बेलायती राजा चार्ल्स तृतीय आफ्नो जिम्मेवारीमा फर्किने भएका छन्।
गत विहीबार अस्पताल पुगेर फर्किएपछि आराम गरेका राजाको स्वास्थ्यमा सुधार आएपछि उनले औपचारिक समारोहरुमा भाग लिने भएका हुन् ।
क्यान्सरविरुद्ध उपचार गराइरहेका राजा चार्ल्सले स्वास्थ्यकै कारण गत विहिबारदेखि आफ्ना कार्यक्रम रद्ध गरेका थिए। जसकै फलस्वरुप उक्त दिनलाई तय नेपाली राजदूत चन्द्रकुमार घिमिरेको ओहोदाको प्रमाणपत्र पेश गर्ने कार्यक्रम पनि रद्ध हुनुपरेको थियो ।
बकिंगहम प्यालेसले राजाले रद्ध गरेका केही कार्यक्रमहरु पुनः तालिकामा राखिएको बताएको छ ।
लन्डनस्थित नेपाली दूतावास स्रोतले सोमबारसम्म पनि राजदूतले ओहोदाको प्रमाणपत्र पेश गर्ने नयाँ मिति तय हुन बाँकी रहेको जनाएको छ ।
७६ वर्षीय बेलायती राजा चार्ल्स तृतीय एक वर्षभन्दा बढी समयदेखि क्यान्सरको उपचार गराइरहेका छन् ।
क्यान्सर उपचारकै क्रममा केही साइड इफेक्टहरु देखिएका कारण गत विहिबार उनी केही समय अस्पताल बस्नुपरेको थियो । अस्पतालबाट फर्किएपछि चिकित्सकहरुले आराम गर्न सुझाव दिएका कारण उनले यसबीचमा सहभागी हुने कार्यक्रमहरु रद्ध गरेका थिए ।
What's Your Reaction?






