भिक्टोरिया क्रस विजेता गोरखा सैनिक कुलवीर थापाको सालिक निर्माण

Kulbir Thapa Magar VC was the first Nepalese Gurkha recipient of the Victoria Cross, the highest and most prestigious award for gallantry in the face of the enemy that can be awarded to British and Commonwealth forces.

Sep 20, 2021 - 15:22
Sep 21, 2021 - 19:27
 0
भिक्टोरिया क्रस विजेता गोरखा सैनिक कुलवीर थापाको सालिक निर्माण

लन्डन ।  बेलायतस्थित अल्डरसटको प्रिन्सेस गार्डेनमा प्रथम  भिक्टोरिया क्रस विजेता गोरखा सैनिक कुलवीर थापाको सालिक निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

शुक्रबार स्थानीय रसमोर काउन्सिल र ग्रेटर रसमोर नेपाली समुदायको संयुक्त पहलमा थापाको सालिक प्रतिस्थापन गरिएको छ ।

उक्त अवसरमा बेलायती रक्षा राज्यमन्त्री लियो डोचर्टीको पनि उपस्थिति थियो । उनले गोर्खा मेमोरियल प्रोजेक्टका सदस्यका साथै मूर्तिकार एमी गुडम्यानलाई भेटेर जानकारी लिएका थिए ।

डोचर्टीले सामाजिक संजालमार्फत भिसी कुलवीर थापाको सालिक गोर्खा ब्रिगेड र ब्रिटिश सेनाबीचको लामो समयदेखि ऐतिहासिक सम्बन्धको प्रतीक भएको धारणा व्यक्त गरेका छन् ।

यहि सेप्टेम्बर २५ तारिख उद्घाटन हुने उक्त सालिक निर्माण खर्च बेलायतस्थित नेपाली समुदायले संकलन गरेका हुन् ।

भिक्टोरिया क्रस प्राप्त गर्ने प्रथम गोर्खा सैनिक कुलवीर थापालाई सम्मान स्वरूप राखिएको उक्त सालिक निर्माणमा करिब एक  लाख ८५ हजार पाउण्ड अर्थात तीन करोड रुपैयाँ खर्च लागेको छ । कास्य धातु प्रयोग गरिएको उक्त शालिकमा एक घाइते सैनिकलाई युद्ध मैदानमा बोक्दै गरेको दृश्य देखाइएको छ ।

भिसी कुलवीर थापा पहिलो विश्वयुद्धमा बेलायतको उच्च सैनिक सम्मान भिक्टोरिया क्रस प्राप्त गर्ने पहिलो गोर्खा सैनिक हुन् ।

सन् १८८९  डिसेम्बर १५ का दिन पाल्पा जिल्लामा जन्मिएका थापालाई १९१५ मा फ्रान्सको लू युद्धमा देखाएको बहादुरीका कारण भिक्टोरिया क्रस (भिसी) बाट सम्मान गरिएको थियो ।

प्रथम विश्व युद्धमा घाइते एक ब्रिटिश र दुई गोर्खा सैनिकलाई बचाएर बहादुरी प्रदर्शन गरेका थापाको सन् १९५६ मा निधन भएको थियो । उनको सम्मान स्वरूप बेलायतमा  सन् २०१५ मा उनको तस्विर अंकित हुलाक हुलाक टिकट समेत प्रचलनमा ल्याइएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register