बलात्कार आरोपमा २ जना पक्राउ

कोकिला ढकालइलाम, १९ चैत । दुई बालिकालाई जबरजस्तीकरणी गरेको आरोपमा प्रहरीले इलामका दुई व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम नगरपालिका–४ का २२ वर्षीय दिपक नेपाली छन् । नेपालीले आफ्नै हजुरबाले संरक्षण गरि राखेकी बालिकालाई लामो समय यता पटकपटक जबरजस्ती करणी गर्ने गरेको खुलेको इलामका डिएसपी मानबहादुर राईले बताउनुभयो। बालिकाले दिएको बयान अनुसार नेपालीले [...] The post बलात्कार आरोपमा २ जना पक्राउ appeared first on Jhapa Online.

Apr 1, 2025 - 11:26
 0
बलात्कार आरोपमा २ जना पक्राउ

कोकिला ढकाल
इलाम, १९ चैत ।
दुई बालिकालाई जबरजस्तीकरणी गरेको आरोपमा प्रहरीले इलामका दुई व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम नगरपालिका–४ का २२ वर्षीय दिपक नेपाली छन् ।

नेपालीले आफ्नै हजुरबाले संरक्षण गरि राखेकी बालिकालाई लामो समय यता पटकपटक जबरजस्ती करणी गर्ने गरेको खुलेको इलामका डिएसपी मानबहादुर राईले बताउनुभयो। बालिकाले दिएको बयान अनुसार नेपालीले पछिल्लो पटक गएको फागुन महिनाको अन्तिमतिर पनि जबरजस्तीकरणी गरेको पाइएको डिएसपी राईले जानकारी दिनुभयो ।

अर्को एक घटनामा ११ वर्षीया बालिकालाई जबरजस्तीकरणी गर्ने चुलाचुली गाउँपालिका–६ का ५१ वर्षीय यमबहादुर विश्वकर्मालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

गत चैत १६ गते घरबाट सामान किन्न पसल गएकी बालिकालाई जबरजस्तीकरणी गरेको भन्दै विश्वकर्माविरुद्ध जाहेरी परेपछि उनलाई पक्राउ गरिएको डिएसपी राईले बताउनुभयो । पक्राउ परेका दुवै आरोपीलाई आज जबरजस्तीकरणी मुद्धामा जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान सुरु गरिएको बताइएको छ ।

The post बलात्कार आरोपमा २ जना पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register