बार चुनावको मतगणना भोलिदेखि हुने

काठमाण्डौ, २४ चैत । नेपाल बार एशोसिएशनको २७औं केन्द्रीय कार्यसमितिका लागि भएको चुनावको मतगणना भोलिदेखि हुने भएको छ । बारको नयाँ कार्यसमितिका लागि हिजो मतदान भएको थियो । प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाका अनुसार बारको मतपेटिका आज बेलुकासम्म काठमाण्डौ आइपुग्ने छ भने भोलिदेखि मतगणना शुरू गरिनेछ । बारको नयाँ कार्यसमिति चयन गर्न ९ [...] The post बार चुनावको मतगणना भोलिदेखि हुने appeared first on Jhapa Online.

Apr 6, 2025 - 10:43
 0
बार चुनावको मतगणना भोलिदेखि हुने

काठमाण्डौ, २४ चैत । नेपाल बार एशोसिएशनको २७औं केन्द्रीय कार्यसमितिका लागि भएको चुनावको मतगणना भोलिदेखि हुने भएको छ । बारको नयाँ कार्यसमितिका लागि हिजो मतदान भएको थियो ।

प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाका अनुसार बारको मतपेटिका आज बेलुकासम्म काठमाण्डौ आइपुग्ने छ भने भोलिदेखि मतगणना शुरू गरिनेछ ।

बारको नयाँ कार्यसमिति चयन गर्न ९ हजार ९५७ मतदाता रहेकामा ८० प्रतिशत मत खसेको छ । २५ जना रहने कार्यसमितिका लागि ५७ जनाको उम्मेदवारी परेको थियो । काठमाण्डौ र बाहिर गरी ३६ वटा मतदान केन्द्रमा मतदान भएको थियो ।

बारको नयाँ नेतृत्वका लागि अध्यक्षमा बृहत् लोकतान्त्रिक, प्रगतिशील, पेशागत, राष्ट्रवादी एवम् समावेशी कानून व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्रा। डा। विजयप्रसाद मिश्र र व्यावसायिक कानून व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ प्रतिस्पर्धा हुनुहुन्छ ।

वरिष्ठ अधिवक्ता प्रा। डा। मिश्रको समूहमा महासचिवमा वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला रहनुभएको छ भने वरिष्ठ अविधक्ता श्रेष्ठको समूहमा अधिवक्ता यज्ञमणि न्यौपानेको उम्मेदवारी परेको छ ।रासस

The post बार चुनावको मतगणना भोलिदेखि हुने appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register