झापाको गौरादहमा कांग्रेसको अन्तरक्रिया

गौरादह, ११ चैत । नेपाली कांग्रेस कोशी प्रदेश संगठन विभागको आयोजना र झापा क्षेत्र नं ५ को संयोजनमा झापाको गौरादहस्थित विपी स्मृति भवनमा ५ नम्बर क्षेत्रस्तरीय अन्तरक्रिया कार्यक्रम सोमबार सम्पन्न भएको छ । ‘संगठनको वर्तमान अवस्था, चुनौति र निराकरणका उपाय’ विषयक अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवे रहनुभएको थियो । उहाँले [...] The post झापाको गौरादहमा कांग्रेसको अन्तरक्रिया appeared first on Jhapa Online.

Mar 24, 2025 - 14:39
 0
झापाको गौरादहमा कांग्रेसको अन्तरक्रिया

गौरादह, ११ चैत । नेपाली कांग्रेस कोशी प्रदेश संगठन विभागको आयोजना र झापा क्षेत्र नं ५ को संयोजनमा झापाको गौरादहस्थित विपी स्मृति भवनमा ५ नम्बर क्षेत्रस्तरीय अन्तरक्रिया कार्यक्रम सोमबार सम्पन्न भएको छ ।

‘संगठनको वर्तमान अवस्था, चुनौति र निराकरणका उपाय’ विषयक अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवे रहनुभएको थियो । उहाँले प्रत्येक वडामा महाधिवेशन प्रतिनिधि र जिल्ला सदस्यलाई प्रतिनिधि बनाएर पठाइए पनि कतिपय वडामा प्रतिनिधि नपुगेको गुनासो आएपछि आफूहरु नै प्रतिनिधि भएर सबै वडामा पुग्ने अभियानमा रहेको बताउनुभयो ।

पार्टीका उपसभापति केशवराज पाण्डेले पार्टीको केन्द्र, प्रदेश र जिल्लाले सञ्चालन गरेका अभियानले पार्टीलाई चलायमान बनाएको बताउँदै टोल एवं वडातहको क्रियाशिलताले नै पार्टी बलियो हुने धारणा राख्नुभयो ।

नेपाली कांग्रेस कोशी प्रदेश संगठन विभागका संयोजक मदन संग्रौलाले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै झापाका पाँचवटै क्षेत्रमा क्षेत्रस्तरीय कार्यक्रम भएको र अन्तरक्रियामा प्राप्त सुझावहरुलाई लिपिबद्ध गरेर प्रदेश समितिलाई बुझाइने जानकारी दिनुभयो ।

संग्रौलाकै सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत ५ नम्बर क्षेत्रीय सभापति ढुण्डिराज भण्डारी र सञ्चालन राजु थापाले गर्नुभएको थियो । ५ नम्बर क्षेत्रभित्रका २१ वटा वडाका सभापतिहरुले संगठन सुदृढीकरणका समस्या, चुनौति बताउँदै सुझाव समेत राखेका थिए ।

The post झापाको गौरादहमा कांग्रेसको अन्तरक्रिया appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register