राजावादी प्रदर्शन : आगजनी र तोडफोड गरेको आरोपमा थप ७ जना पक्राउ

काठमाडौं ।  काठमाडौंको तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनका क्रममा आगजनी र तोडफोड गरेको आरोपमा  थप ७ जना पक्राउ परेका छन् । गत चैत १५ गतेको प्रदर्शनका क्रममा आगजनी र तोडफोडमा सम्लग्न रहेको आरोपमा प्रहरीले उनीहरुलाई बुधबार काठमाडौंको विभिन्न स्थानहरूबाट नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार उनीहरूलाई राज्यविरुद्धको कसुर र सङ्गठित अपराधसम्बन्धी कसुर तथा आपराधिक उपद्रव कसुरअन्तर्गत […]

Apr 2, 2025 - 16:42
 0
राजावादी प्रदर्शन : आगजनी र तोडफोड गरेको आरोपमा थप ७ जना पक्राउ

काठमाडौं ।  काठमाडौंको तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनका क्रममा आगजनी र तोडफोड गरेको आरोपमा  थप ७ जना पक्राउ परेका छन् ।

गत चैत १५ गतेको प्रदर्शनका क्रममा आगजनी र तोडफोडमा सम्लग्न रहेको आरोपमा प्रहरीले उनीहरुलाई बुधबार काठमाडौंको विभिन्न स्थानहरूबाट नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार उनीहरूलाई राज्यविरुद्धको कसुर र सङ्गठित अपराधसम्बन्धी कसुर तथा आपराधिक उपद्रव कसुरअन्तर्गत पक्राउ गरिएको हो।

उनीहरुमाथी जिल्ला अदालतबाट ७ दिनको म्याद थपी अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

राज्य विरुद्धको कसुर र सङ्गठित अपराध सम्बन्धी कसुर अन्तर्गतः रुपन्देही, देबदह नपा, घर भएका वर्ष ४७ को प्रेम थापा मगर रहेका छन् ।

यसैगरी आपराधिक उपद्रव कसुर अन्तर्गतः झापा, गौरादह नपा–१ गौरादह घर भएका वर्ष २१ को समिर मगर, रामेछाप, सुनापति गापा–१ घर भएका वर्ष २२ को सुरेश गौतम, ताप्लेजुङ, फुलुङ नपा–३ घर भएका वर्ष २३ को सुशिल बराल, नुवाकोट, बेलकोटगढी नपा–७ घर भएका वर्ष २७ को रमेश राई, अछाम, पंचदेवल नपा घर भएका वर्ष २० को गोकर्ण शाही र संखुवासभा, पाचखपन नपा–२ घर भई हाल काजि कागेश्वरी मनोहरा नपा–९ बस्ने वर्ष ३९ को मुकुन्द दहाल रहेको प्रहरीले जानकारी दिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register