भिजिट भिसा प्रकरण : रास्वपाले अस्वीकार गर्‍यो छानबिन समिति, माओवादी केन्द्रको स्वागत

काठमाडौं । भिजिट भिसा प्रकरणको छानबिन गर्न नेपाल सरकारका पुर्वमुख्य सचिव शंखरदास बैरागीको संयोजकत्वमा बनाइएको उच्चस्तरीय छानबिन समितिलाई अस्वीकार गरेको छ । मंगलबारको प्रतिनिधिसभा बैठकमा रास्वपा उपसभापति स्वर्णिम वाग्लेले कर्मचारी संयन्त्रबाट छानबिन हुननसक्ने जनाएका हुन् । संसद्‌मा बोल्दै उपसभापति वाग्लेले उच्चस्तरीय छानबिन समितिको नाममा चोख्याउने समिति नचाहिएको बताए । ‘हामी नयाँ हौ, बेबकुफ होइनौँ’ वाग्लेले […]

Jun 24, 2025 - 07:41
 0
भिजिट भिसा प्रकरण : रास्वपाले अस्वीकार गर्‍यो छानबिन समिति, माओवादी केन्द्रको स्वागत

काठमाडौं । भिजिट भिसा प्रकरणको छानबिन गर्न नेपाल सरकारका पुर्वमुख्य सचिव शंखरदास बैरागीको संयोजकत्वमा बनाइएको उच्चस्तरीय छानबिन समितिलाई अस्वीकार गरेको छ ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा रास्वपा उपसभापति स्वर्णिम वाग्लेले कर्मचारी संयन्त्रबाट छानबिन हुननसक्ने जनाएका हुन् । संसद्‌मा बोल्दै उपसभापति वाग्लेले उच्चस्तरीय छानबिन समितिको नाममा चोख्याउने समिति नचाहिएको बताए ।

‘हामी नयाँ हौ, बेबकुफ होइनौँ’ वाग्लेले गृहमन्त्री रमेश लेखकलाई इंकित गर्दै जवाफ दिए ।

बैरागीबारे उनले भने, “शंकरदासप्रति मेरो कुनै पूर्वाग्रह छैन । उहाँलाई राम्ररी चिन्छु । उहाँ १० वर्षदेखि सत्ताको प्रिय पात्र हुनुहुन्छ । सात वर्ष परराष्ट्र सचिव, ३ वर्ष मुख्य सचिव र रहस्यमय ढंगले उक्त पदबाट बहिर्गमन हुनुहन्छ । फेरि राष्ट्रिय सुरक्षा सल्लाहकार बन्नुहुन्छ । एक दुई दिनमा निवृत हुन लाग्दा अर्का मुख्य सचिव आउनु हुन्छ र अर्बौंको टेलिकम माफियाद्वारा रचिएको घोटाला भएका छन् । त्यसैले शंकरदास बैरागी स्वार्थको द्वन्द्वले घेरिएको पात्र हुनुहन्छ ।”

सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमुख्यसचिव बैरागीको नेतृत्वमा छानबिन समिति बनाएको छ । उक्त समितिमा सम्बन्धित मन्त्रालयहरूका सहसचिवहरू रहने गृहमन्त्री लेखकले जवाफ सदनमा जानकारी गराएका थिए ।

यता, माओवादी केन्द्रले भने छानबिन समितिको स्वागत गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register