विश्वनाथका मूल पुजारीलाई भीमेश्वरको महाप्रसाद

दोलखा। डिट्ठा जगन्नाथ स्मृति प्रतिष्ठान दोलखाले भारतको बनारस पुगेर विश्व प्रसिद्ध विश्वनाथ मन्दिरका मूल पुजारी टेक नारायण उपाध्यायको अभिनन्दन गरेको छ । सो क्रममा विश्वनाथ मन्दिरमा पुगेका भक्तजन तथा मूल पुजारी टेक नारायण उपाध्यायलाई दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिर दर्शनको लागि निमन्त्रणा गरिएको प्रतिष्ठानका कोषाध्यक्ष राजेश उप्रेतीले बताए । दोलखामा रहेको धार्मिक स्थलहरुको प्रचार– प्रसार गर्ने […]

Apr 2, 2025 - 16:42
 0
विश्वनाथका मूल पुजारीलाई भीमेश्वरको महाप्रसाद

दोलखा।

डिट्ठा जगन्नाथ स्मृति प्रतिष्ठान दोलखाले भारतको बनारस पुगेर विश्व प्रसिद्ध विश्वनाथ मन्दिरका मूल पुजारी टेक नारायण उपाध्यायको अभिनन्दन गरेको छ ।

सो क्रममा विश्वनाथ मन्दिरमा पुगेका भक्तजन तथा मूल पुजारी टेक नारायण उपाध्यायलाई दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिर दर्शनको लागि निमन्त्रणा गरिएको प्रतिष्ठानका कोषाध्यक्ष राजेश उप्रेतीले बताए ।

दोलखामा रहेको धार्मिक स्थलहरुको प्रचार– प्रसार गर्ने उद्देश्यले भारतको बनारसमा रहेको विश्व प्रसिद्ध विश्वनाथ मन्दिरमा पुगेको डिट्ठा जगन्नाथ स्मृति प्रतिष्ठानको टिमका तर्फबाट अध्यक्ष रमेश उप्रेतीले मन्दिरका मूल पुजारी टेक नारायण उपाध्यायलाई अभिनन्दनसहित भीमेश्वर मन्दिरको महाप्रसाद प्रदान गर्नु भएको थियो । 

सो अवसरमा प्रतिष्ठानका उपाध्यक्ष सारदा उप्रेती, कोषाध्यक्ष राजेश उप्रेती, दोलखाको बैतेश्वर गाँउपालिकाका उपाध्यक्ष कल्पना उप्रेती, दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर– ३ का वडा अध्यक्ष हरिशरण शिवाकोटी लगायतको सहभागिता रहेको थियो । 

दोलाखको आर्थिक विकासको लागि धार्मिक एवम प्राकृतिक पर्यटक भित्राउन आवश्यक रहेकोले प्रतिष्ठानको तर्फबाट जिल्लाको भीमेश्वर, कालिञ्चोक, महाङ्काल भगवती, त्रिपुरा सुन्दरी, शैलुङ महादेव, लप्ची गुम्बा, विगु गुम्बा, च्छो– रोल्पा हिमताल लगायतका ठाँउको प्रचार– प्रसार गर्न भारतको विभिन्न तीर्थस्थल पुगिएको र उल्लेखित ठाँउहरुको धार्मिक एवम् सांस्कृतिक महत्वबारे प्रचार गरिएको प्रतिष्ठानका कोषाध्यक्ष राजेश उप्रेतीले बताए ।  

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register