गगन थापाले भने, ‘कीर्तिपुर मात्र होइन, अन्य थुप्रै डाँडामा बसेर दुईचार लाख कमाउन सकिन्छ’ 

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले कीर्तिपुर मात्र नभएर अन्य थुप्रै डाँडामा बसेर लाखौँ कमाउन सकिने बताएका छन् । ‘एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।  उनले कीर्तिपुरजस्ता अन्य थुप्रै डाँडामा बसेर महिनाकै दुईचार लाख रुपैयाँ कमाउने स्थिति रहेको बताएका छन् ।  डाँडामा बसेर महिनाकै दुईचार लाख रुपैयाँ […]

Apr 6, 2025 - 05:15
 0
गगन थापाले भने, ‘कीर्तिपुर मात्र होइन, अन्य थुप्रै डाँडामा बसेर दुईचार लाख कमाउन सकिन्छ’ 

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले कीर्तिपुर मात्र नभएर अन्य थुप्रै डाँडामा बसेर लाखौँ कमाउन सकिने बताएका छन् । ‘एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । 

उनले कीर्तिपुरजस्ता अन्य थुप्रै डाँडामा बसेर महिनाकै दुईचार लाख रुपैयाँ कमाउने स्थिति रहेको बताएका छन् । 

डाँडामा बसेर महिनाकै दुईचार लाख रुपैयाँ कमाउने स्थिति बनाउने आफूहरुसँग पोटेन्सियल भएको भन्दै त्यसका लागि सबैले सोच्नुपर्ने बताएका छन् । उनले केही क्षेत्रमा सो स्थिति निर्माणका लागि काम सुरु भइसकेको पनि बताएका छन् । 

केही समयअघि महामन्त्री थापाले कीर्तिपुरको डाँडामा बसेर महिनामै लाखौँ रुपैयाँ आम्दानी गर्न सकिने अभिव्यक्ति दिएका थिए । तर, त्यसबेला उनले दिएको सो अभिव्यक्ति सामाजिक सञ्जालमा ट्रोल बनेको थियो । हाल महामन्त्री थापाले कीर्तिपुर मात्र नभएर अन्य थुप्रै डाँडामा बसेर दुईचार लाख कमाउन सकिने बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register