गुणस्तरमा फेल भएपछि ‘हटपट चाउचाउ’ बिक्री गर्न रोक

काठमाडौं। गुणस्तर परीक्षणमा फेल भएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पोखरा नुडल्स प्रा.लि.द्वारा उत्पादित ‘हटपट’ ब्रान्डको चाउचाउ बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ । विभागले सार्वजनिक सूचना प्रकाशित गर्दै गत भदौ महिनामा उत्पादन भएको ब्याच नं. १२७ यू २ मा पर्ने ‘हटपट’ चाउचाउको गुणस्तर न्यून भेटिएको जनाउँदै बिक्री तथा वितरण तत्काल रोक्न निर्देशन […]

Jul 5, 2025 - 14:00
 0
गुणस्तरमा फेल भएपछि ‘हटपट चाउचाउ’ बिक्री गर्न रोक

काठमाडौं।

गुणस्तर परीक्षणमा फेल भएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पोखरा नुडल्स प्रा.लि.द्वारा उत्पादित ‘हटपट’ ब्रान्डको चाउचाउ बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ ।

विभागले सार्वजनिक सूचना प्रकाशित गर्दै गत भदौ महिनामा उत्पादन भएको ब्याच नं. १२७ यू २ मा पर्ने ‘हटपट’ चाउचाउको गुणस्तर न्यून भेटिएको जनाउँदै बिक्री तथा वितरण तत्काल रोक्न निर्देशन दिएको हो । विभागको बजार अनुगमनका क्रममा संकलित नमुनाहरूको प्रयोगशाला परीक्षण गर्दा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को मापदण्डअनुसार चाउचाउ न्यून गुणस्तरको पाइएकाले उपभोक्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी यस्तो निर्णय लिइएको विभागले स्पष्ट पारेको छ ।

विभागले उक्त ब्याच नम्बरअनुसारका सम्पूर्ण उत्पादनहरू बजारबाट फिर्ता गर्न र बिक्री रोक्न सम्बन्धित निकाय र व्यवसायीहरूलाई निर्देशन दिएको छ । साथै, उपभोक्ताहरूलाई पनि उक्त ब्याचका चाउचाउ प्रयोग नगर्न अनुरोध गरिएको छ । खाद्य सुरक्षामा थप कडाइ र नियमित अनुगमन गर्ने विभागको नीति अनुसार बजारमा रहेका खाद्य वस्तुको गुणस्तर जाँच कार्यलाई निरन्तरता दिइने जनाइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register