‘१/२ प्रतिशत घरानाले प्राइभेट बैंक कब्जा गरे’- उपेन्द्र यादव

काठमाडौँ । पूर्वउपप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले १/२ प्रतिशत घरनाहरुले प्राइभेट बैंक कब्जा गरेको बताएका छन् । अर्थ समितिको शुक्रबारको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले तिनै घरनाहरुले मुलुकको इकोनोमीलाई बैंकिङमार्फत नियन्त्रण गरेको बताएका छन् ।  सरकारीतर्फको कृषि विकास बैंकमाथि पनि उनले प्रश्न उठाएका छन् । कृषि विकास बैंक बेकारको […]

Jul 4, 2025 - 12:24
 0
‘१/२ प्रतिशत घरानाले प्राइभेट बैंक कब्जा गरे’- उपेन्द्र यादव

काठमाडौँ । पूर्वउपप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले १/२ प्रतिशत घरनाहरुले प्राइभेट बैंक कब्जा गरेको बताएका छन् । अर्थ समितिको शुक्रबारको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले तिनै घरनाहरुले मुलुकको इकोनोमीलाई बैंकिङमार्फत नियन्त्रण गरेको बताएका छन् । 

सरकारीतर्फको कृषि विकास बैंकमाथि पनि उनले प्रश्न उठाएका छन् । कृषि विकास बैंक बेकारको बैंक भएको समेत बताएका छन् । जनतालाई बैंकिङ सुविधा राम्रोसँग पुर्याउन नसक्दा मिटरब्याजीहरु हावी भएको बताएका छन् । 

‘१/२ प्रतिशत घरनाहरुको प्राइभेट बैंकहरु कब्जा गरेका छन । तिनै घरनाहरुले मुलुकको इकोनोमीलाई बैंकिङ थ्रु नियन्त्रण गरिरहेका छन् । सरकारी भनिने कृषि विकास बैंकको के कुरा गर्ने त्यो बैंक कृषि बेकार बैंक भएको छ । त्यो अर्को साहु भएको छ ।’, उनले भने, ‘बैकिङ सिस्टम जनताका लागि फेलियर भएर जनता मिटर ब्याजीहरुको पछि लाग्नुपरेको छ । जनतालाई बैंकिङ सुविधा राम्रोसँग पु¥याउने हो भने मिटरब्याजी किन चाहिन्थ्यो ?’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register