रुपन्देहीको एक सहकारीमा चोरी, ८ लाख नगदसहित सीसीटिभी समेत गायब ! 

काठमाडौँ । रुपन्देहीको एक सहकारीमा चोरी भएको छ । रुपन्देहीको देवदहस्थित कोलिय देवदह बचत तथा ऋण सहकारी संस्थाको घोडाहा शाखामा चोरी भएको हो ।  गयराति सहकारीको झ्याल फोडेर अज्ञात व्यक्ति कार्यालयभित्र प्रवेश गरेर चोरी गरेको सहकारीले जनाएको छ ।  सहकारीका एक कर्मचारीका अनुसार सहकारीबाट ८ लाख ४३ हजार रुपैयाँ नगद चोरी भएको छ । त्यस्तै, […]

Apr 6, 2025 - 07:09
 0
रुपन्देहीको एक सहकारीमा चोरी, ८ लाख नगदसहित सीसीटिभी समेत गायब ! 

काठमाडौँ । रुपन्देहीको एक सहकारीमा चोरी भएको छ । रुपन्देहीको देवदहस्थित कोलिय देवदह बचत तथा ऋण सहकारी संस्थाको घोडाहा शाखामा चोरी भएको हो । 

गयराति सहकारीको झ्याल फोडेर अज्ञात व्यक्ति कार्यालयभित्र प्रवेश गरेर चोरी गरेको सहकारीले जनाएको छ । 

सहकारीका एक कर्मचारीका अनुसार सहकारीबाट ८ लाख ४३ हजार रुपैयाँ नगद चोरी भएको छ । त्यस्तै, सहकारीमा भएको सीसीटिभी क्यामेराको हार्डडिस्कसमेत चोरी भएको ती कर्मचारीले जनाएका छन् । 

हाल प्रहरीले उक्त सहकारीमा भएको चोरीको घटनामा थप अनुसन्धान गरिरहेको छ । अनुसन्धानका क्रममा केही व्यक्तिलाई शंकाको घेराभित्र राखेर उनीहरुको कल रेकर्ड तथा लोकेसन भेरिफाइ गर्ने काम भइरहेको प्रहरीको भनाई छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register