सूर्यज्योतिका सिइओले भने- ‘हाम्रो प्राथमिकतामा दाबी भुक्तानी’, सूर्यज्योति पीडितको तर्क- ‘सूर्यज्योतिको पीडा भोग्नेलाई थाहा छ’

काठमाडौँ । बीमा दाबी भुक्तानीमा बीमितलाई झुलाएर दुःख दिने गरेको आरोप लागेको सूर्यज्योति लाइफ इन्स्योरेन्सका सिइओ प्रकाश बिक्रम खत्रीले सूर्यज्योति लाइफ इन्स्योरेन्सको पहिलो प्राथमिकता दाबी भुक्तानी रहेको बताएका छन् ।   सूर्यज्योति लाइफ इन्स्योरेन्सको ‘इ कर्जा र सूर्यज्योति केयरर्स डिजिटल कार्ड’को शुभारम्भ कार्यक्रमका बोल्दै सिइओ खत्रीले बीमा दाबी भुक्तानी आफूहरुको पहिलो प्राथमिकता भएको बताएका हुन् […]

Apr 7, 2025 - 14:10
 0
सूर्यज्योतिका सिइओले भने- ‘हाम्रो प्राथमिकतामा दाबी भुक्तानी’, सूर्यज्योति पीडितको तर्क- ‘सूर्यज्योतिको पीडा भोग्नेलाई थाहा छ’

काठमाडौँ । बीमा दाबी भुक्तानीमा बीमितलाई झुलाएर दुःख दिने गरेको आरोप लागेको सूर्यज्योति लाइफ इन्स्योरेन्सका सिइओ प्रकाश बिक्रम खत्रीले सूर्यज्योति लाइफ इन्स्योरेन्सको पहिलो प्राथमिकता दाबी भुक्तानी रहेको बताएका छन् ।  

सूर्यज्योति लाइफ इन्स्योरेन्सको ‘इ कर्जा र सूर्यज्योति केयरर्स डिजिटल कार्ड’को शुभारम्भ कार्यक्रमका बोल्दै सिइओ खत्रीले बीमा दाबी भुक्तानी आफूहरुको पहिलो प्राथमिकता भएको बताएका हुन् । 

त्यस्तै, उनले बीमा दाबी भुक्तानीलाई कम्पनीको सिद्धान्तका रुपमा व्याख्या गरेका छन् । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीमा जति दाबी आउँछ, त्यसलाई सकेसम्म छिटो सेटलमेन्ट गर्ने प्रयत्नमा कम्पनी रहेको पनि सिइओ खत्रीले उल्लेख गरेका छन् । 

तर, सिइओले आफूहरुको पहिलो प्राथमिकता बीमा दाबी भुक्तानी भएको बताए पनि हाल बीमा दाबी भुक्तानीमा बीमितलाई सबैभन्दा धेरै दुःख दिने इन्स्योरेन्स कम्पनीको सूची तयार पार्ने हो भने सूर्यज्योति एक नम्बरमा आउँछ । यसअघि सूर्यज्योतिले दाबी भुक्तानीमा दिएको दुःखबारे अर्थ सरोकारले तथ्यसहितको समाचार सम्प्रेषण गरिसकेको छ । 

सार्वजनिक कार्यक्रममा सिइओले कम्पनीको पहिलो प्राथमिकता दाबी भुक्तानी भएको बताए पनि बीमितले भने दाबी भुक्तानीमा सूर्यज्योति जति झुर कम्पनी अरु कुनै नभएको बताएका छन् । अर्थ सरोकारको सम्पर्कमा आएका एक बीमितले भने, ‘भन्नलाई त सिइओ सापले पहिलो प्राथमिकता बीमा दाबी भुक्तानी भन्नुभएछ तर खासमा सूर्यज्योतिबाट दाबी भुक्तानी पाउन कति सास्ती खेप्नुपर्छ भन्ने त भोग्नेलाई मात्र थाहा हुन्छ ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register