आगजनी र तोडफोड गरेको आरोपमा थप ६ जना पक्राउ

काठमाडौं । गत चैत्र १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा राजावादी समूहको प्रदर्शनका क्रममा आगजनी र तोडफोड गर्ने थप ६ जना पक्राउ परेका छन् । सर्लाही घर भएका ललितपुर टीकाथली बस्ने २२ वर्षका अमित शाह, सुनसरी धरानका १९ वर्षका सुमन कार्की, बर्दियाका ३४ वर्षका हेमराज थारू पक्राउ परेका हुन् । यस्तै धादिङका २७ वर्षीय दिवस बोगटी […]

Apr 8, 2025 - 06:30
 0
आगजनी र तोडफोड गरेको आरोपमा थप ६ जना पक्राउ

काठमाडौं । गत चैत्र १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा राजावादी समूहको प्रदर्शनका क्रममा आगजनी र तोडफोड गर्ने थप ६ जना पक्राउ परेका छन् ।

सर्लाही घर भएका ललितपुर टीकाथली बस्ने २२ वर्षका अमित शाह, सुनसरी धरानका १९ वर्षका सुमन कार्की, बर्दियाका ३४ वर्षका हेमराज थारू पक्राउ परेका हुन् ।

यस्तै धादिङका २७ वर्षीय दिवस बोगटी क्षेत्री, काभ्रेपलाञ्चोक घर भएका ३० वर्षकी अनिता कुँवर (ऐनी), सिन्धुपाल्चोकका ३० बर्षका ३० कुमार तामाङ पक्राउ परेका हुन् ।

उनीहरूलाई काठमाडौंको विभिन्न स्थानहरूबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौले जानकारी दिएको छ ।

प्रहरीका अनुसार काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति प्राप्त भई अनुसन्धान भइरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register