कम्युनिस्ट एकताको विषयमा प्रचण्ड र माधव नेपालले दिए विपरीत अभिव्यक्ति
काठमाडौं । दुईवटा कम्युनिस्ट पार्टीका अध्यक्षहरूले पार्टी एकताको विषयलाई लिएर विपरीत अभिव्यक्ति दिएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकपटक फुट भएपछि अब कुनै हालतमा कम्युनिस्ट एकता हुँदैन भनेर सोच्न नहुने बताएका छन् । मंगलबार प्रगतिशील लेखक सङ्घको १३ औँ राष्ट्रिय सम्मेलनबाट निर्वाचित समितिलाई बधाई तथा शुभकामना दिँदै उनले यसअघि भएका एकता सफल […]

काठमाडौं । दुईवटा कम्युनिस्ट पार्टीका अध्यक्षहरूले पार्टी एकताको विषयलाई लिएर विपरीत अभिव्यक्ति दिएका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकपटक फुट भएपछि अब कुनै हालतमा कम्युनिस्ट एकता हुँदैन भनेर सोच्न नहुने बताएका छन् । मंगलबार प्रगतिशील लेखक सङ्घको १३ औँ राष्ट्रिय सम्मेलनबाट निर्वाचित समितिलाई बधाई तथा शुभकामना दिँदै उनले यसअघि भएका एकता सफल नभए पनि त्यसबाट शिक्षा लिनुपर्ने बताए ।
‘हिजो विभाजन भएकाले अब एकता असम्भव छ भन्नु चाहिँ मार्क्सवादी सोचाइ हुन सक्दैन । त्यो द्वन्द्वात्मक भौतिकवादी हुन सक्दैन,’ प्रचण्डले भने, ‘कम्युनिस्ट एकताका प्रयास नभएको होइन । कहिले त्यो सफलजस्तो कहिले असफलजस्तो हुने गरेका छन् । पछिल्लो चरणमा देशका दुईवटा अलि प्रभावशाली कम्युनिस्ट पार्टीका बीचमा एकताका प्रयास भए । एकता भयो पनि । सबैले अनुमोदन पनि गरे । तर दुर्भाग्य हामीले त्यसलाई बचाउन सकेनौँ ।’
अर्को कम्युनिस्ट पार्टी नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले भने एउटा अर्कै कार्यक्रममा एमालेसँगको एकताको कुनै सम्भावना नरहेको बताएका छन् ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमालेसँग एकता कुनै हालतमा सम्भव नभएको बताए ।
What's Your Reaction?






