नेपालमा डिजिटल बैंकिङ पहुँच विस्तारको रणनीति

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकको प्रतिवेदनअनुसार जम्मा खाताधारीहरूमध्ये करिब ४५.८२% ले मात्र मोबाइल बैंकिङ प्रयोग गरिरहेका छन् भने इन्टरनेट बैंकिङ प्रयोग गर्नेको संख्या केबल ३.६७% मात्र छ । डिजिटल प्रविधिमा भएको तीव्र विकासका बाबजुद यी तथ्यांकले डिजिटल बैंकिङ पहुँचमा ठूलो खाडल देखाउँछन् । उक्त रिपोर्टअनुसार मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ सेवाको प्रयोग बैंकिङ ग्राहकहरूको आधाभन्दा […]

Apr 11, 2025 - 12:02
 0
नेपालमा डिजिटल बैंकिङ पहुँच विस्तारको रणनीति

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकको प्रतिवेदनअनुसार जम्मा खाताधारीहरूमध्ये करिब ४५.८२% ले मात्र मोबाइल बैंकिङ प्रयोग गरिरहेका छन् भने इन्टरनेट बैंकिङ प्रयोग गर्नेको संख्या केबल ३.६७% मात्र छ । डिजिटल प्रविधिमा भएको तीव्र विकासका बाबजुद यी तथ्यांकले डिजिटल बैंकिङ पहुँचमा ठूलो खाडल देखाउँछन् ।

उक्त रिपोर्टअनुसार मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ सेवाको प्रयोग बैंकिङ ग्राहकहरूको आधाभन्दा कम (५०%) मात्रले गरिरहेका छन् । यो देखाउँछ कि अझै पनि ठूलो जनसंख्याले डिजिटल बैंकिङ सेवामा पहुँच पाएका छैनन् वा पाएका भए पनि उपयोग गर्न सकेका छैनन् । विस्तृत रूपमा हेर्दा:

प्रमुख चुनौतीहरू

रिपोर्ट अनुसारका मुख्य तथ्यहरू 

मोबाइल बैंकिङ ग्राहकहरू:

• कुल: २६,७५७,१९४

• कुल खाता संख्या: ५८,३९९,७८४

• कभरेज : (२६,७५७,१९४/५८,३९९,७८४) × १०० = ४५.८२%

इन्टरनेट बैंकिङ ग्राहकहरू:

• कुल: २,१४१,४२३

• कभरेज : (२,१४१,४२३/ ५८,३९९,७८४×१०० = ३.६७%

मुख्य कारणहरू – डिजिटल बैंकिङ पहुँच/प्रयोगमा कमी

वित्तीय साक्षरताको कमी

• ग्रामीण तथा अर्ध-शहरी क्षेत्रका धेरै मानिसहरूले स्मार्टफोन वा इन्टरनेट प्रयोग गर्न जान्दैनन् ।

• बैंकिङ एप्स कसरी प्रयोग गर्ने भन्ने ज्ञान नहुनु ।

स्मार्टफोन तथा इन्टरनेट पहुँच अभाव

• धेरै ग्राहकसँग स्मार्टफोन छैन वा प्रयोग योग्य मोबाइल डाटा छैन ।

• इन्टरनेट सस्तो र सहज नभएको स्थानहरूमा प्रयोग असहज ।

विश्वासको अभाव

• साइबर सुरक्षा प्रति डर, ठगी वा पैसा हराउने त्रास ।

• भौतिक बैंक शाखा जस्तै ‘देखेर, बुझेर’ सेवा प्रयोग गर्न चाहने मनोविज्ञान ।

बैंक तथा शाखाहरूको न्यूनतम प्रवर्द्धन प्रयास

• धेरै बैंकहरूले आफ्नो डिजिटल सेवाको पर्याप्त प्रचार/प्रशिक्षण नगरेको ।

• मोबाइल बैंकिङ सेवा भए पनि ग्राहकलाई सक्रिय गर्नेलाई प्राथमिकता नदिएको ।

भाषा तथा एप्सको प्रयोगमा कठिनाइ

• एपहरू अंग्रेजी वा कठिन भाषामा हुँदा बुझ्न गाह्रो हुने।

नियम-प्रक्रियाको जटिलता

• मोबाइल वा इन्टरनेट बैंकिङ सक्रिय गर्न झन्झटिलो प्रक्रिया ।

के गर्न सकिन्छ ? -विस्तारमा सुझावहरू:

1. डिजिटल साक्षरता अभिवृद्धि

• बैंकहरू र सरकार मिलेर ग्राम/नगर तहसम्म डिजिटल बैंकिङसम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नु ।

• स्थानीय भाषामा सजिलो गाइड, भिडियो ट्युटोरियलहरू तयार पार्नु ।

2.सस्तो डेटा र स्मार्टफोन पहुँच

• दूरसञ्चार कम्पनीहरूसँग सहकार्य गरेर बैंकिङ एप्सका लागि फ्री/सस्तो डाटा सुविधा उपलब्ध गराउनु।

3. सिक्योरिटीमा विश्वास अभिवृद्धि:

• ग्राहकलाई २एफए (टु -फ्याक्टर अथेन्टिकेशन), ओटिपी, बायोमेट्रिक लगइन जस्ता सुरक्षित प्रणालीको प्रयोगबारे जानकारी दिनु।

४. बैंकिङ एप्सलाई प्रयोगमैत्री बनाउने:
• युआइ/युएक्स सुधार गर्दै सरल भाषा (नेपाली, थारु, मैथिली आदि) मा सेवा उपलब्ध गराउने।

५. अभियान र प्रोत्साहन:

• डिजिटल बैंकिङ प्रयोग गर्ने ग्राहकलाई रिवार्ड स्किम, क्यासव्याक, डिसकाउन्ट जस्ता योजना ल्याउने ।

६. सम्पूर्ण बैंकका शाखा/कर्मचारीलाई प्रशिक्षित बनाउने:

• ग्राहकले शाखामा जाँदा सहजै डिजिटल सेवा लिन सक्ने प्रशिक्षण कर्मचारीमार्फत उपलब्ध गराउने ।

(प्रभु बैंक भिमाद शाखाका ब्रान्च मेनेजर धुर्ब भुसालको लेख )

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register