पशुपति प्राथमिक विद्यालयको स्वर्ण महोत्सव सम्पन्न

भद्रपुर, ३० चैत । भद्रपुर–४ तारानगर स्थित पशुपति प्राथमिक विद्यालयको स्वर्ण महोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरिएको छ । भूतपूर्व विद्यार्थी समूहको आयोजनामा सम्पन्न स्वर्ण महोत्सव अन्र्तगत पहिलो दिन रक्तदान तथा हाजिरी जवाफ प्रतियोगिता गरिएको थियो भने दोश्रो दिन स्वर्ण स्तम्भ अनावरणका साथ विविध कार्यक्रम गरी महोत्सव सम्पन्न गरिएको हो । विद्यालयका भूतपूर्व विद्यार्थी समूहका [...] The post पशुपति प्राथमिक विद्यालयको स्वर्ण महोत्सव सम्पन्न appeared first on Jhapa Online.

Apr 12, 2025 - 14:51
 0
पशुपति प्राथमिक विद्यालयको स्वर्ण महोत्सव सम्पन्न

भद्रपुर, ३० चैत । भद्रपुर–४ तारानगर स्थित पशुपति प्राथमिक विद्यालयको स्वर्ण महोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरिएको छ ।

भूतपूर्व विद्यार्थी समूहको आयोजनामा सम्पन्न स्वर्ण महोत्सव अन्र्तगत पहिलो दिन रक्तदान तथा हाजिरी जवाफ प्रतियोगिता गरिएको थियो भने दोश्रो दिन स्वर्ण स्तम्भ अनावरणका साथ विविध कार्यक्रम गरी महोत्सव सम्पन्न गरिएको हो ।

विद्यालयका भूतपूर्व विद्यार्थी समूहका संयोजक ऋषिप्रसाद नेपालको अध्यक्षता तथा भद्रपुर नगर उपप्रमुख राधा कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जग्गादाता परिवार, आर्थिक तथा जिन्सीदाता र उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको थियो ।

दोश्रो दिन स्वर्ण स्तम्भ अनावरण सहित विद्यार्थी तथा शिक्षक शिक्षिकाहरूले विविध सास्कृतिक प्रस्तुती समेत राखेका थिए । स्वर्ण महोत्सवको समापन कार्यक्रममा भद्रपुर ४ का वडाध्यक्ष हंशधर राजवंशी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

The post पशुपति प्राथमिक विद्यालयको स्वर्ण महोत्सव सम्पन्न appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register