लखनऊमाथि जितका बाबजुद चेन्नई अझै अङ्क तालिकाको पुछारमा
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्सले लखनऊ सुपर जाइन्ट्सलाई हराएको छ । लखनऊमा सोमबार राति सकिएको खेलमा चेन्नईले घरेलु टोलीलाई ५ विकेटले हराएको हो । लखनऊले दिएको १६७ रनको लक्ष्य चेन्नईले ३ बल बाँकी छँदा ५ विकेटको क्षतिमा १६८ रन बनाएर पूरा गर्यो । चेन्नईको जितमा शिवम दुबेले अविजित सर्वाधिक ४३ […]

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्सले लखनऊ सुपर जाइन्ट्सलाई हराएको छ ।
लखनऊमा सोमबार राति सकिएको खेलमा चेन्नईले घरेलु टोलीलाई ५ विकेटले हराएको हो ।
लखनऊले दिएको १६७ रनको लक्ष्य चेन्नईले ३ बल बाँकी छँदा ५ विकेटको क्षतिमा १६८ रन बनाएर पूरा गर्यो ।
चेन्नईको जितमा शिवम दुबेले अविजित सर्वाधिक ४३ रन बनाए ।
यही खेलबाट भारतीय क्रिकेटका लिजेन्डसमेत रहेका कार्यवाहक कप्तान महेन्द्रसिंह धोनीले आईपीएलको इतिहासमा अर्को कीर्तिमान कायम गरे । उनी आईपीएल इतिहासमा २०० डिसमिसल पूरा गर्ने पहिलो विकेटकिपर बनेका छन् ।
लखनऊ आयुष बदोनीलाई स्टम्पिङ आउट गर्दै धोनीले २००औं डिसमिसल पूरा गरेका हुन् । उनको नाममा १५४ क्याच र ४६ स्टम्पिङ छन्, जुन विकेटकिपरको रुपमा एउटा अद्वितीय रेकर्ड हो । ११ बलमा अविजित २६ रन बनाएका धोनी खेलको उत्कृष्ट खेलाडी घोषित भए ।
यस्तै २२ बलमा ३७ रन बनाएका रचिन रवीन्द्र सबैभन्दा मूल्यवान खेलाडी बने । शाइक रसीदले २७ रन जोडे ।
लखनऊका रवि विष्नोईले २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लखनऊले पूरै २० ओभर खेल्दै ७ विकेटको क्षतिमा १६६ रन बनाएको थियो ।
कप्तान ऋषभ पन्तले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ६३ रन बनाए ।
चेन्नईका रवीन्द्र जडेजा र मथीशा पथीरानाले सर्वाधिक २–२ विकेट लिए ।
यस सिजन चेन्नईले ७ खेल खेल्दा दोस्रो जित हासिल गरेको हो । यस जितबाट थप २ अङ्क जोडेको चेन्नई १० टोली सहभागी प्रतियोगितामा अझै तालिकाको पुछारमा छ । उसले मात्र ४ अङ्क जोडेको छ ।
लखनऊ भने हारका बाबजुद ८ अङ्कसहित तालिकाको चौथो स्थानमा छ । यो प्लेअफ स्थान हो ।
अङ्क तालिका :
What's Your Reaction?






