त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय बेइज्जत भइरहेछ, त्यसलाई रोकौं : स्वतन्त्र सांसद सिंह

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठाउँको अभाव रहेको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा उनले चेकिङ हुने ठाउँमा मान्छे कता जाने भन्दै अलमल पर्ने अवस्था रहेको औँल्याए । ‘हाम्रो देशको चलिरहेको एउट मात्रै विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा छ । दुईवटा बनाए तर चलेका छैनन् पोखरा र भैरहवा । तर काठमाडौं […]

May 13, 2025 - 08:56
 0
त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय बेइज्जत भइरहेछ, त्यसलाई रोकौं : स्वतन्त्र सांसद सिंह

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठाउँको अभाव रहेको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा उनले चेकिङ हुने ठाउँमा मान्छे कता जाने भन्दै अलमल पर्ने अवस्था रहेको औँल्याए ।

‘हाम्रो देशको चलिरहेको एउट मात्रै विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा छ । दुईवटा बनाए तर चलेका छैनन् पोखरा र भैरहवा । तर काठमाडौं विमानस्थलमा नागरिकको गुनासो आइपछि म आफैँ गएको थिए,’ उनले भने, ‘विमानस्थलमा अस्तव्यस्तताको एकदमै पराकाष्टा छ । ठाउँको अभाव छ । चेकिङ हुने ठाउँमा मान्छे कता जाने भन्दै अलमल परिरहन्छ । लगेज लिन पनि घण्टौं पर्खिनुपर्ने अवस्था छ । लगेजको कहिलेकाहीँ ताल्चा फुटाइन्छ । जुन एउटा अन्तर्राष्ट्रिय विमानस्थल चलिरहेको छ । त्यसको पनि बेइज्जत नगरौं ।’

साथै सांसद सिंहले एउटा अन्तर्राष्ट्रिय विमानस्थल चलिरहेको परिपेक्षमा त्यसको पनि अन्तर्राष्ट्रिय बेइज्जत भएको भन्दै त्यसलाई रोक्न आग्रह गरे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register