पर्सामा ३७ बिघामा लगाइएको गाँजा नष्ट

वीरगञ्ज । पर्साका सुरक्षा निकायले यहाँको ग्रामीण क्षेत्रमा लगाइएको ३७ बिघा चार कट्ठामा लगाइएको गाँजाखेती फँडानी गरेर नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार चालु आवको चैत २५ गतेसम्मको अवधिमा एक लाख ३३ हजार चार सय ७७ वटा गाँजाको बोट फँडानी गरेर नष्ट गरिएको हो । पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले पर्साको […]

Apr 15, 2025 - 16:33
 0
पर्सामा ३७ बिघामा लगाइएको गाँजा नष्ट

वीरगञ्ज । पर्साका सुरक्षा निकायले यहाँको ग्रामीण क्षेत्रमा लगाइएको ३७ बिघा चार कट्ठामा लगाइएको गाँजाखेती फँडानी गरेर नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार चालु आवको चैत २५ गतेसम्मको अवधिमा एक लाख ३३ हजार चार सय ७७ वटा गाँजाको बोट फँडानी गरेर नष्ट गरिएको हो ।

पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले पर्साको ग्रामीण क्षेत्रमा सामुदायिक वन तथा साझेदारी वन अतिक्रमण गरेर गाँजाखेती हुने सूचनाको आधारमा निरन्तर रूपमा गाँजाको बोटको फँडानी गरेर नष्ट गर्दै आइरहेको बताए । “नेपाल प्रहरी र सशस्त्र प्रहरी बल दुवैको सहकार्यमा गाँजाको फँडानी गर्दै आइरहेका छौँ”, उनले भने ।

पर्सा प्रहरीका अनुसार विगत तीन वर्षको अवधिमा गाँजाको बरामद हुने क्रममा पनि वृद्धि भएको जनाएको छ । पर्सा प्रहरीले आव २०७९/८० मा एक हजार एक सय २३ किलोग्राम गाँजा बरामद गरेको थियो । त्यस्तै आव २०८०/८१ मा चार सय ६७ किलोग्राम र आव २०८१/८२ को फागुन मसान्तसम्मको अवधिमा भने एक हजार ५३१ किलोग्राम गाँजा बरामद गरेको छ । मकवानपुर तथा तराईका अन्य जिल्लाबाट ल्याएको गाँजा पर्साको ग्रामीण क्षेत्र हुँदै सीमावर्ती भारतीय बजारमा तस्करी हुने गर्दछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register