दिल्लीमा ‘शक्तिशाली’ भूकम्पको धक्का
काठमाडौं । भारतको राजधानी दिल्लीमा ‘शक्तिशाली’ भूकम्पको धक्का महसुस गरिएको छ । स्थानीय समयअनुसार सोमबार बिहान ५ बजेर ३६ मिनेटमा दिल्ली आसपास भूकम्प गएको आजतकको समाचारमा उल्लेख छ । भूकम्पको केन्द्रविन्दु जमिनबाट पाँच किलोमिटर भित्रको गहिराइमा रहेको र यसले गर्दा घरहरू धेरै नै हल्लिएको बताइएको छ । भूकम्पको मापन ४ रेक्टर स्केलको रहेको छ । […]

काठमाडौं । भारतको राजधानी दिल्लीमा ‘शक्तिशाली’ भूकम्पको धक्का महसुस गरिएको छ ।
स्थानीय समयअनुसार सोमबार बिहान ५ बजेर ३६ मिनेटमा दिल्ली आसपास भूकम्प गएको आजतकको समाचारमा उल्लेख छ ।
भूकम्पको केन्द्रविन्दु जमिनबाट पाँच किलोमिटर भित्रको गहिराइमा रहेको र यसले गर्दा घरहरू धेरै नै हल्लिएको बताइएको छ । भूकम्पको मापन ४ रेक्टर स्केलको रहेको छ ।
भूकम्पबाट आत्तिएर मानिसहरू घरबाहिर सडकमा निस्किएका थिए । हालसम्म क्षतिको कुनै विवरण प्राप्त नभएको समाचारमा उल्लेख छ ।
What's Your Reaction?






