इजरायलले हतियार त्याग्न गरेको प्रस्ताव हमासद्वारा अस्वीकार

काठमाडौं । गाजामा ६ हप्ताको युद्धविरामको बदलामा हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासले अस्वीकार गरेको छ । यो जानकारी एक वरिष्ठ प्यालेस्टिनी अधिकारीले दिएका हुन् । इजरायलको योजनाले युद्ध अन्त्य गर्ने कुनै प्रतिबद्धता नदेखाएको ती अधिकारीको आरोप छ । ‘प्रस्तावमा हमासका मुख्य मागहरूबारे कुनै सम्बोधन थिएन । बदलामा, हमासद्वारा बन्धक बनाइएका आधालाई रिहा गर्न भनियो,’ […]

Apr 16, 2025 - 04:39
 0
इजरायलले हतियार त्याग्न गरेको प्रस्ताव हमासद्वारा अस्वीकार

काठमाडौं । गाजामा ६ हप्ताको युद्धविरामको बदलामा हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासले अस्वीकार गरेको छ । यो जानकारी एक वरिष्ठ प्यालेस्टिनी अधिकारीले दिएका हुन् ।

इजरायलको योजनाले युद्ध अन्त्य गर्ने कुनै प्रतिबद्धता नदेखाएको ती अधिकारीको आरोप छ ।

‘प्रस्तावमा हमासका मुख्य मागहरूबारे कुनै सम्बोधन थिएन । बदलामा, हमासद्वारा बन्धक बनाइएका आधालाई रिहा गर्न भनियो,’ ती अधिकारीले बीबीसीसँग भने ।

गाजामा इजरायलीको सैन्य कारबाही जारी रहेका बेला हमासलाई यस्तो प्रस्ताव आएको हो ।

हालै गाजाको खान युनिसमा रहेको एक फिल्ड अस्पतालमा हवाई आक्रमण भएको थियो । यसमा एक सुरक्षा गार्डको मृत्यु भएको छ भने नौजना घाइते भएका छन् । यसैबीच, इजरायली सेनाले यसमा हमासका एक नेता मारिएको बताएको छ ।

यसै परिपेक्षमा संयुक्त राष्ट्रसङ्घको एक निकायले युद्ध सुरु भएदेखि १८ महिनामा गाजामा मानवीय अवस्था सबैभन्दा खराब अवस्थामा पुगेको बताएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register