प्रमुख प्रशासकीय अधिकृतले हाजिर गरेपछि प्रवक्ताले भने : अब महानगर नियमित हिसाबले चल्छ

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले अब महानगर कार्यालय नियमित हिसाबले चल्ने बताएका छन् । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले कार्यालयमा आएर हाजिर गरेसँगै प्रवक्ताको यस्तो प्रतिक्रिया आएको हो । ‘प्रमुख प्रशासकीय अधिकृत आज आउनु भयो । हाजिर गर्नु भयो । अब कार्यलय नियमित हिसाबले चल्छ । भोलिदेखि सबै समस्या समाधान हुँदै जानेछन्,’ सञ्चारकर्मीसँग […]

Apr 3, 2025 - 08:47
 0
प्रमुख प्रशासकीय अधिकृतले हाजिर गरेपछि प्रवक्ताले भने : अब महानगर नियमित हिसाबले चल्छ

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले अब महानगर कार्यालय नियमित हिसाबले चल्ने बताएका छन् ।

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले कार्यालयमा आएर हाजिर गरेसँगै प्रवक्ताको यस्तो प्रतिक्रिया आएको हो ।

‘प्रमुख प्रशासकीय अधिकृत आज आउनु भयो । हाजिर गर्नु भयो । अब कार्यलय नियमित हिसाबले चल्छ । भोलिदेखि सबै समस्या समाधान हुँदै जानेछन्,’ सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने ।

यसअघि काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिृकत गुरागाईं मेयर बालेन शाह पक्षले रोक्दारोक्दै कार्यकक्षमा प्रवेश गरेका थिए ।

उनी बिहीबार दिउँसो ढोका फुटाएर कार्यकक्षमा छिरेका हुन् ।

हाजिर गर्न कार्यालय पुगेका गुरागाईंलाई रोक्न महानगर प्रहरीसमेत खटाइएको थियो । तर, कर्मचारीले नगर प्रहरीलाई रोक्दै कार्यालयमा प्रवेश गराएका हुन् । ताला तोड्ने क्रममा ढोकाको सिसा फुटेको थियो ।

काठमाडौं टावरको नक्सा पासमा अनियमितता गरेको भन्दै मेयर शाहले गुरागाईंलाई अघोषित निलम्बनमा राखेका थिए । गत पुस ५ गतेदेखि गुरागाईंलाई बिदामा राखिएको थियो ।

महानगर मेयर शाहलाई ‘बाइपास’ गर्दै उपप्रमुख सुनीता डङ्गोल, वडाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहित विभागीय प्रमुखहरूको बैठक बसेको थियो ।

प्रशासकीय अधिकृत गुरागाईंले सम्हाले जिम्मेवारी (तस्वीरहरू)

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register