रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय, बनस्थलीमा भोलि (बिहीबार) दिउँसो २ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए । बैठकमा अघिल्लो बैठकको निर्णय, पार्टी गतिविधि, सदस्यहरूको संक्षिप्त रिपोर्टिङ र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ । साथै, महाधिवेशन कार्यविवरण, विशेष रिपोर्टिङ र विविध विषयमा […]

Apr 16, 2025 - 08:34
 0
रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

पार्टी केन्द्रीय कार्यालय, बनस्थलीमा भोलि (बिहीबार) दिउँसो २ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए ।

बैठकमा अघिल्लो बैठकको निर्णय, पार्टी गतिविधि, सदस्यहरूको संक्षिप्त रिपोर्टिङ र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ । साथै, महाधिवेशन कार्यविवरण, विशेष रिपोर्टिङ र विविध विषयमा पनि छलफल हुने झाले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register