बढ्यो सेयर बजार, यी हुन् सर्वाधिक कारोबार हुने पाँच कम्पनी 

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजार बढेको छ । आज नेप्से परिसूचक ९ दशमलव ७५ अङ्कले बढेर २६९८ दशमलव ९७ को विन्दुमा पुगेको छ । बुधबार ३१९ कम्पनीका ६४ हजार ३६० पटकको कारोबारमा एक करोड ६६ लाख ११ हजार ५३२ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ७ अर्ब […]

Apr 16, 2025 - 10:40
 0
बढ्यो सेयर बजार, यी हुन् सर्वाधिक कारोबार हुने पाँच कम्पनी 

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजार बढेको छ । आज नेप्से परिसूचक ९ दशमलव ७५ अङ्कले बढेर २६९८ दशमलव ९७ को विन्दुमा पुगेको छ ।

बुधबार ३१९ कम्पनीका ६४ हजार ३६० पटकको कारोबारमा एक करोड ६६ लाख ११ हजार ५३२ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ७ अर्ब २६ करोड ५१ लाख २२ हजार २४१ रुपैयाँ रहेको छ । १४७ कम्पनीको सेयर मूल्य बढ्दा ९७ कम्पनीको घटेको छ भने २ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज सबैभन्दा धेरै कारोबार हुनेमा नगदी ग्रुप पावर रहेको छ । जसको कारोबार रकम ५९ करोड ४१ लाख ५३ हजार ९६० रुपैयाँ रहेको छ । त्यस्तै, दोस्रोमा राधी विद्युत् कम्पनी रहेको छ भने तेस्रोमा बलेफी हाइड्रोपावर रहेको छ ।

त्यसैगरी, सर्वाधिक कमाउनेको चौथो लिस्टमा एनआरएन इन्फ्रास्ट्रक्चर र पाँचौँमा हिमालयन पावर रहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register