सडकमै छन् शिक्षक (तस्वीरहरू)

काठमाडौं । शिक्षकहरूले १७ दिनदेखि काठमाडौंकेन्द्रित सडक आन्दोलनलाई जारी राखेका छन् । नेपाल शिक्षक महासङ्घको नेतृत्वमा जारी आन्दोलन पछिल्ला दिनमा थप आक्रामक हुँदै गइरहेको छ । जसको प्रभाव उपत्यकासहित देशभरका सामूदायिक विद्यालयमा परेको छ । नयाँ शैक्षिक सत्रको सुरु भएपनि भर्ना कार्यक्रम सुरु हुन सकेको छैन । दिउँसो समयमा काठमाडौं उपत्यकाको सवारी आवागमनमा समस्या भइरहेको […]

Apr 18, 2025 - 09:14
 0
सडकमै छन् शिक्षक (तस्वीरहरू)

काठमाडौं । शिक्षकहरूले १७ दिनदेखि काठमाडौंकेन्द्रित सडक आन्दोलनलाई जारी राखेका छन् ।

नेपाल शिक्षक महासङ्घको नेतृत्वमा जारी आन्दोलन पछिल्ला दिनमा थप आक्रामक हुँदै गइरहेको छ । जसको प्रभाव उपत्यकासहित देशभरका सामूदायिक विद्यालयमा परेको छ ।

नयाँ शैक्षिक सत्रको सुरु भएपनि भर्ना कार्यक्रम सुरु हुन सकेको छैन । दिउँसो समयमा काठमाडौं उपत्यकाको सवारी आवागमनमा समस्या भइरहेको छ ।

१७ दिनदेखि शिक्षकहरूको राजधानीकेन्द्रित सडक आन्दोलन शुक्रबार पनि जारी राखेका छन् । शिक्षकहरुले माइतीघरबाट प्रदर्शनसहित बानेश्वर पुगेर धर्ना दिएका छन् ।

गत मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकलमाग सम्बोधन गर्न वैशाख १२ गतेलाई संसद बैठक आव्हान गरेपनि शिक्षकहरूले आन्दोलनलाई थप चर्काएका हुन् ।

मन्त्रिपरिषद् बैठकले विद्यालय शिक्षा विधेयक छिटो पारित गर्ने समेतका प्रयोजनका लागि सङ्घीय संसद्को अधिवेशन वैशाख १२ गते बोलाउन सिफारिस गर्ने निर्णय गरेको थियो । शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी नगरेसम्म आन्दोलन जारी रहने बताउँदै आएका छन् ।

तस्वीर – 

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register