नुवाउने क्रममा बागमती खोलामा डुबेर युवकको ज्यान गयो

रौतहट । रौतहटको बागमती खोलामा नुवाउने क्रममा डुबेर एक युवकको ज्यान गएको छ । बागमती खोलाको किनारमा नदीजन्य पदार्थ उत्खनपछि बनेको खाडलमा जमेको पानीमा डुबेर युवकको ज्यान गएको हो । वृन्दावन नगरपालिका वडा नम्बर १ तमाङबस्तीका १८ वर्षीय अर्जुन प्रजाको ज्यान गएको इलाका प्रहरी कार्यालय गरुडाले जानकारी दिएको छ । अत्यधिक गर्मी भएपछि नुवाउन युवक […]

Apr 9, 2025 - 08:26
 0
नुवाउने क्रममा बागमती खोलामा डुबेर युवकको ज्यान गयो

रौतहट । रौतहटको बागमती खोलामा नुवाउने क्रममा डुबेर एक युवकको ज्यान गएको छ । बागमती खोलाको किनारमा नदीजन्य पदार्थ उत्खनपछि बनेको खाडलमा जमेको पानीमा डुबेर युवकको ज्यान गएको हो ।

वृन्दावन नगरपालिका वडा नम्बर १ तमाङबस्तीका १८ वर्षीय अर्जुन प्रजाको ज्यान गएको इलाका प्रहरी कार्यालय गरुडाले जानकारी दिएको छ ।

अत्यधिक गर्मी भएपछि नुवाउन युवक नजिकको बलेरीस्थित बागमती खोलामा पुगेको स्थानीय बताउँछन् । स्थानीयवासीका अनुसार उत्खननपछि बनेको गहिरो खाडलमा जमेको पानीमा नुवाउने क्रममा प्रजाको मङ्गलवार बेलुका ज्यान गएको हो ।

खाडलको औसत गहिराई पाँचदेखि ६ फिट मात्र रहेको देखिन्छ । घटनापछि मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाइएको छ । यस घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register