चार्ल्टन नेपाली समाजको नयाँ वर्ष कार्यक्रम ‘हाइकिङ र ड्राइ पिकनिक’

लन्डन – साउथ इष्ट लन्डनस्थित नेपाली संस्था ‘चार्ल्टन नेपाली समाज’ ले यसपटक पनि नेपाली नयाँ वर्ष नौलो शैलीमा मनाउने भएको छ। समाजले गत वर्षजस्तै आगामी मे ११ तारिख आइतबार पनि हाइकिङ र ड्राई पिकनिकसहित नयाँ वर्ष मनाउने तयारी गरेको छ। समाजका महासचिव वसन्त खनालका अनुसार सर्रेको बक्स हिलमा हाइकिङ र ड्राई पिकनिकका साथ नयाँ वर्षको […]

Apr 19, 2025 - 09:37
 0
चार्ल्टन नेपाली समाजको नयाँ वर्ष कार्यक्रम ‘हाइकिङ र ड्राइ पिकनिक’

लन्डन – साउथ इष्ट लन्डनस्थित नेपाली संस्था ‘चार्ल्टन नेपाली समाज’ ले यसपटक पनि नेपाली नयाँ वर्ष नौलो शैलीमा मनाउने भएको छ।

समाजले गत वर्षजस्तै आगामी मे ११ तारिख आइतबार पनि हाइकिङ र ड्राई पिकनिकसहित नयाँ वर्ष मनाउने तयारी गरेको छ।

समाजका महासचिव वसन्त खनालका अनुसार सर्रेको बक्स हिलमा हाइकिङ र ड्राई पिकनिकका साथ नयाँ वर्षको शुभकामना आदानप्रदान गर्ने तयारी छ।

समाजले चार्ल्टनसहित आसपासका क्षेत्रमा बस्ने नेपालीसमेतलाई कार्यक्रममा सहभागी हुन आव्हान गरेको छ । कार्यक्रममा सहभागिताका लागि समयमै आफ्नो स्थान तथा कोच बुकिङ गर्न आग्रह गरिएको छ।

कार्यक्रमको सहभागिता शुल्क मात्र १० पाउन्ड छ । समाजले व्यवस्था गरेको कोचमा कार्यक्रमस्थलसम्म जान र फर्किन भने थप १५ पाउण्ड लाग्नेछ।

समाजकी अध्यक्ष सीता अर्यालले गत वर्ष नेपाली नयाँ वर्षका अवसरमा पहिलोपटक आयोजना गरिएको हाइकिङ र ड्राई पिकनिक रुचाइएका कारण यसपटक पनि निरन्तर गरिएको बताइन्।

पहिलो वर्षको अनुभवबाट सिकेर यस वषको कार्यक्रमलाई झन् व्यवस्थित र रमाइलो बनाइने भन्दै उनले सहभागिताका लागि स्थानीय नेपालीहरुलाई समयमै बुकिङ गर्न आग्रह गरेकी छन्।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register