बुद्धनगरमा महिलामाथि गोली प्रहार

लुम्बिनी । रुपन्देहीको बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा एक जना महिलामाथि आज गोली प्रहार भएको छ । पाल्पा रैनादेवी छहरा घर भई बुटवलको बुद्धनगरमा चिया पसल व्यवसाय गर्दै आएकी अन्दाजी २९ वर्षीया टीका विष्ट क्षेत्रीमाथि आज बिहान अज्ञात व्यक्तिले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । गोली लागि घाइते भएकी महिलाको लुम्बिनी प्रादेशिक अस्पताल […]

Apr 19, 2025 - 14:59
 0
बुद्धनगरमा महिलामाथि गोली प्रहार

लुम्बिनी । रुपन्देहीको बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा एक जना महिलामाथि आज गोली प्रहार भएको छ । पाल्पा रैनादेवी छहरा घर भई बुटवलको बुद्धनगरमा चिया पसल व्यवसाय गर्दै आएकी अन्दाजी २९ वर्षीया टीका विष्ट क्षेत्रीमाथि आज बिहान अज्ञात व्यक्तिले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

गोली लागि घाइते भएकी महिलाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए । उनका अनुसार घाइते विष्टको अहिले शल्यक्रियाको तयारी भइरहेको छ ।

घटनाको प्रारम्भिक अनुसन्धानबाट भारतीय मुलको जस्तो देखिने व्यक्तिले गोली प्रहार गरी फरार भएको जनाउँदै घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता कार्कीले जानकारी दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register