छैटौं जितसहित दिल्ली दोस्रो स्थानमा यथावत, लखनऊको चौथो हार
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले लखनऊ सुरपर जाइन्टलाई हराएको छ । मङ्गलबार राति लखनऊमा सकिएको खेलमा दिल्लीले घरेलु टोलीमाथि आठ विकेटको सहज जित दर्ता गरेको हो । यससँगै जारी आईपीएलमा दिल्लीले छैटौं जित हासिल गरेको छ । लखनऊले दिएको १६० रनको चुनौती दिल्लीले १७ ओभर ५ बलमा २ विकेट गुमाउँदै आफ्नो […]

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले लखनऊ सुरपर जाइन्टलाई हराएको छ ।
मङ्गलबार राति लखनऊमा सकिएको खेलमा दिल्लीले घरेलु टोलीमाथि आठ विकेटको सहज जित दर्ता गरेको हो । यससँगै जारी आईपीएलमा दिल्लीले छैटौं जित हासिल गरेको छ ।
लखनऊले दिएको १६० रनको चुनौती दिल्लीले १७ ओभर ५ बलमा २ विकेट गुमाउँदै आफ्नो पूरा गर्यो । ओपनर करुण नायर १५ रनमा आउट भए । तर दोस्रो विकेटको लागि अभिषेक पोरेल र के एल राहुलले ६९ रनको साझेदारी गरे । पोरेलले ३६ बल खेल्दै अर्धशतकसहित ५१ रन जोडे ।
यसपछि केएल राहुल र कप्तान अक्षर पटेलले दिल्लीलाई जिततर्फ डोर्याए । राहुलले ४२ बल खेल्दै ३ चौका र ३ छक्का सहित अविजित ५७ रनको महत्वपूर्ण अर्धशतकीय पारी खेले । २० बल खेलेका अक्षर अविजित ३४ रनमा रहे ।
बलिङमा लखनाऊका लागि एडन मारक्रमले दुवै विकेट लिए । अन्य बलरले विकेट निकाल्न सकेनन् ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनऊले २० ओभरमा ६ विकेट गुमाउँदै १५९ रन मात्र बनायो । सुरुवात राम्रो गरेपनि लखनऊका मध्यक्रमका खेलाडीको प्रदर्शन कमजोर रह्यो ।
एडन मारक्रम र मिचेल मार्सले पहिलो विकेटको लागि ८७ रनको साझेदारी गरे । लखनऊले पहिलो पावर प्लेमा बिना कुनै विकेटको नोक्सानीमा ५१ रन बनाएको थियो ।
अर्धशतक बनाएका मारक्रम ३३ बल खेल्दै ५२ रन बनाएर आउट भए । उनले २ चौका र ३ छक्का प्रहार गरे । लखनऊको लागि यो नै सर्वाधिक उच्च स्कोर बन्यो ।
लगतै निकोलस पुरन ९ र अब्दुल सामद समान २ रनमा नै समेटिए । ओपनर मिचेल मार्स भने ४५ रनमा आउट हुन पुगे । यसपछि आयुष बाडोनी ३६ रन जोडेर पबिलियन फर्कदा डेविड मिल्लर अविजित १४ रनमा रहे ।
दिल्लीको बलिङतर्फ मुकेश कुमारले ४ ओभरमा ३३ रन खर्चेर सर्वाधिक ४ विकेट लिए ।
दोस्रो स्थानमा रहेको दिल्ली छैटौं जितका साथ शीर्षस्थानमा रहेको गुजरात टाइटन्सले जतिकै १२ अङ्क बनाएको छ । रन रेटमा दिल्ली दोस्रो स्थानमा कायमै रहेको हो । यता लखनऊको भने नवौं खेलमा चौथो हार हो । उ १० अङ्कसहित पाँचौं स्थानमा यथावत छ ।
हेरौं अङ्क तालिका :
What's Your Reaction?






