राजावादी आन्दोलनमा ४६ करोडको क्षति भएको प्रहरीको अनुमान 

काठमाडौँ । चैत १५ गते भएको राजावादीहरुको प्रदर्शनमा ४६ करोड बराबरको क्षति भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सो दिन ४६ करोड ९० लाख ८५ हजार रुपैयाँ भौतिक क्षति भएको छ । प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार सो दिन भएको हिंसात्मक आन्दोलनमा दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनमा पुगेको क्षति मात्रै ६ करोड […]

Apr 23, 2025 - 03:42
 0
राजावादी आन्दोलनमा ४६ करोडको क्षति भएको प्रहरीको अनुमान 

काठमाडौँ । चैत १५ गते भएको राजावादीहरुको प्रदर्शनमा ४६ करोड बराबरको क्षति भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सो दिन ४६ करोड ९० लाख ८५ हजार रुपैयाँ भौतिक क्षति भएको छ ।

प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार सो दिन भएको हिंसात्मक आन्दोलनमा दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनमा पुगेको क्षति मात्रै ६ करोड ८७ लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ । 

सोही दिन काठमाडौँका विभिन्न ठाउँमा राखिएका सिसिटिभी क्यामेरामा मात्रै १० लाख ७१ हजार बराबरको क्षति पुर्याइएको प्रहरीले जनाएको छ । त्यस्तै, निजी घर, सुपर मार्केट, मिडिया, अन्य कार्यालयहरुमा तोडफोड हुँदा ३९ करोड ९२ लाख रुपैयाँको क्षति पुगेको छ ।

हाल उक्त आन्दोलनको नेतृत्व गरेको आरोपमा सो दिनको आन्दोलनका कमाण्डर दुर्गा प्रसाईं पक्राउ परेका छन् । प्रसाईं बाहेक भाटभटेनीमा लुटपाट मच्चाउने, सार्वजनिक सम्पत्तिमा तोडफोड गर्नेहरुलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register