आन्दोलनमा सरकारले घुसपैठ गरायो, तीन गुणा शिक्षक सडकमा उतार्छौँं : शिक्षक महासङ्घ

काठमाडौं । नेपाल शिक्षक महासङ्घले शान्तिपूर्ण आन्दोलनमा सरकारले घुसपैठ गराएको भन्दै तीन गुणा शिक्षक सडकमा उतार्ने घोषणा गरेको छ । आइतबार शिक्षक आन्दोलनको सभालाई सम्बोधन गर्दै महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शान्त आन्दोलनलाई बिथोल्न सरकारको घुसपैठ उदाङ्गो भएको भन्दै शिक्षकहरूको आन्दोलनलाई कम नआँक्न चेतावनी दिए । ‘हामी शिक्षक हौं । लाठी छैन, केही छैन । शान्त […]

Apr 27, 2025 - 09:29
 0
आन्दोलनमा सरकारले घुसपैठ गरायो, तीन गुणा शिक्षक सडकमा उतार्छौँं : शिक्षक महासङ्घ

काठमाडौं । नेपाल शिक्षक महासङ्घले शान्तिपूर्ण आन्दोलनमा सरकारले घुसपैठ गराएको भन्दै तीन गुणा शिक्षक सडकमा उतार्ने घोषणा गरेको छ ।

आइतबार शिक्षक आन्दोलनको सभालाई सम्बोधन गर्दै महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शान्त आन्दोलनलाई बिथोल्न सरकारको घुसपैठ उदाङ्गो भएको भन्दै शिक्षकहरूको आन्दोलनलाई कम नआँक्न चेतावनी दिए ।

‘हामी शिक्षक हौं । लाठी छैन, केही छैन । शान्त आन्दोलनकारीलाई भड्काउन घुसपैठी पठाएर नाङ्गोपना उदाङ्गो भयो । ‘हेक्का रहोस्, हरेक शिक्षक ज्यान दिन तयार छ । हाम्रो आन्दोलनलाई कमजोर ठान्ने दुस्साहस नगरियोस्,’ उनले भने ।

आइतबार बानेश्वरमा शिक्षक र प्रहरीबीच झडप हुँदा १५ जना शिक्षक घाइते भएका छन् ।

भोलीको आन्दोलन थप शिक्षक काठमाडौं आउने महासङ्घले बताएको छ । ‘भोलि यो भन्दा तीन गुणा शिक्षक भेला हुनेछन् । अब हामी पनि आउछौँ भन्दै हरेक शिक्षकले फोन गर्न थालिसक्नुभएको छ,’ अध्यक्ष सुवेदीले भने ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register