भन्सार विधेयकसम्बन्धी अर्थ समितिको प्रतिवेदन संसद्‌‌मा पेस

काठमाडौं । ‘भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’सम्बन्धी अर्थ समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ । समितिका सभापति सन्तोष चालिसेले आइतबारको बैठकमा प्रतिवेदन पेस गरेका हुन् । उक्त विधेयक अर्थ समितिबाट गत चैत ११ गते पारित भएको थियो। २०८० वैशाख २ गते बसेको संसद् बैठकले भन्सारसम्बन्धी कानुनलाई दफाबार छलफलका लागि समितिमा पठाएको […]

Apr 27, 2025 - 09:26
 0
भन्सार विधेयकसम्बन्धी अर्थ समितिको प्रतिवेदन संसद्‌‌मा पेस

काठमाडौं । ‘भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’सम्बन्धी अर्थ समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ ।

समितिका सभापति सन्तोष चालिसेले आइतबारको बैठकमा प्रतिवेदन पेस गरेका हुन् । उक्त विधेयक अर्थ समितिबाट गत चैत ११ गते पारित भएको थियो।

२०८० वैशाख २ गते बसेको संसद् बैठकले भन्सारसम्बन्धी कानुनलाई दफाबार छलफलका लागि समितिमा पठाएको थियो । समितिले २०८१ पुष १६ गतेदेखि सैद्धान्तिक कार्य प्रारम्भ गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register