वी.पी. कोइराला र योगमाया राष्ट्रिय पुरस्कार-२०८१ घोषणा

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वी.पी. कोइराला राष्ट्रिय पुरस्कार र योगमाया राष्ट्रिय पुरस्कार-२०८१ बाट सम्मानित हुने व्यक्तित्वहरूको नाम सार्वजनिक गरेको छ। मन्त्रीस्तरीय निर्णय अनुसार, वी.पी. कोइराला राष्ट्रिय पुरस्कारका दुवै विधामा दुई-दुई जनालाई प्रदान गरिने भएको छ। राजनीतिक दर्शनतर्फ सुनसरीकी मीना सुब्बा र अछामका नयनसिंह कडायतलाई  दुई लाख रुपैयाँ राशिको यो पुरस्कार अन्तर्गत […]

Apr 29, 2025 - 04:53
 0
वी.पी. कोइराला र योगमाया राष्ट्रिय पुरस्कार-२०८१ घोषणा

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वी.पी. कोइराला राष्ट्रिय पुरस्कार र योगमाया राष्ट्रिय पुरस्कार-२०८१ बाट सम्मानित हुने व्यक्तित्वहरूको नाम सार्वजनिक गरेको छ।

मन्त्रीस्तरीय निर्णय अनुसार, वी.पी. कोइराला राष्ट्रिय पुरस्कारका दुवै विधामा दुई-दुई जनालाई प्रदान गरिने भएको छ।

राजनीतिक दर्शनतर्फ सुनसरीकी मीना सुब्बा र अछामका नयनसिंह कडायतलाई  दुई लाख रुपैयाँ राशिको यो पुरस्कार अन्तर्गत उनीहरु दुवैलाई जनही एक लाख रुपैयाँ प्रदान गरिने मन्त्रालयले जनाएको छ।

त्यसैगरी, साहित्य विधामा पाँचथरका तिलविक्रम नेम्बाङ (बैरागी काइँला) र मोरङका भुवन ढुंगानालाई वी.पी. कोइराला राष्ट्रिय पुरस्कार प्रदान गरिने भएको छ। यो विधाको पुरस्कार राशि पनि दुई लाख रुपैयाँ रहेको छ र उनीहरूलाई पनि जनही एक लाख रुपैयाँ प्रदान गरिनेछ।

यस्तै, मन्त्रालयले योगमाया राष्ट्रिय पुरस्कार-२०८१ बर्दियाकी डा. नीलम कार्की निहारिकालाई प्रदान गर्ने निर्णय गरेको छ। एक लाख रुपैयाँ राशिको यो पुरस्कार मन्त्रालयको वैशाख ७ गतेको निर्णय अनुसार प्रदान गरिने भएको हो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register