लौकाखेतीबाट चार लाख आम्दानी

काठमाडौँ । सुनसरीको सुनसरीगढी गाउँपालिका-५ का अनुरुप उराँवले सात कठ्ठा जग्गामा लौकाखेती गरी एक याममा रु चार लाखसम्म आम्दानी गर्दै आएका छन् । वार्षिक रु २० हजारमा अरुसँग सात कठ्ठा जग्गा भाडामा लिएर लौकाखेती गरेको बताउँदै उनले सात कठ्ठाका जग्गामा पाँच सय लहरा लौका रोपेको जानकारी दिए । ती बिरुवा रोप्दा रु ५० हजार लगानी […]

Apr 29, 2025 - 04:44
 0
लौकाखेतीबाट चार लाख आम्दानी

काठमाडौँ । सुनसरीको सुनसरीगढी गाउँपालिका-५ का अनुरुप उराँवले सात कठ्ठा जग्गामा लौकाखेती गरी एक याममा रु चार लाखसम्म आम्दानी गर्दै आएका छन् ।

वार्षिक रु २० हजारमा अरुसँग सात कठ्ठा जग्गा भाडामा लिएर लौकाखेती गरेको बताउँदै उनले सात कठ्ठाका जग्गामा पाँच सय लहरा लौका रोपेको जानकारी दिए । ती बिरुवा रोप्दा रु ५० हजार लगानी भएको उनले बताएका छन् ।

बीउ, खाद्यमल, पानी, खेती तयारीलगायत खेती र बारी व्यवस्थापनमा रु ५० हजार खर्च भएको भन्दै उनले एक याममा रु चार लाखसम्म आम्दनी हुने जानकारी दिएका छन् । युवा विदेश पलायन भइरहेको, केही ठगीमा परेको समाचार बाहिर आइरहेका बेला कम लगानीमा रु चार लाखसम्म आम्दानी हुने भन्दै उनले युवालाई स्वदेशमै स्वरोजगार बन्न आग्रह गरेका छन् ।

उराँवले भिरालो जग्गामा तीन महिनादेखि वर्षभरि फल्ने कदुखेतीबाट थोरै लगानीमा धेरै आम्दानी गर्न सफल भएको बताए । गाउँपालिका क्षेत्रमा पहिलो पटक भाडा जग्गामा लिएर लौकाखेती गरेको उनले बताए । लौका सुरुमा प्रतिगोटा रु ८० मा बिक्री गरेकामा अहिले रु २० देखि २५ मा बिक्री हुँदा पनि रु चार लाख आम्दानी भइरहेको उनले उल्लेख गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register