सरकार ७ बुँदे सहमतिका आधारमा चल्न सकेन : शेखर कोइराला
धनगढी । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकार ७ बुँदे सहमतिका आधारमा चल्न नसकेको बताएका छन् । धनगढी विमनस्थलमा पत्रकारसँग संक्षिप्त कुरा गर्दै उनले सरकार संविधान संशोधन तथा अन्य विषयमा प्रवेश नै नगरेको बताए । कांग्रेस र एमालेको संयुक्त सरकार बन्दा जनतामा एक किसिमको उत्साह देखिएपनि अहिले सरकारले खासै केही गर्न नसकेको उनको भनाइ […]

धनगढी । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकार ७ बुँदे सहमतिका आधारमा चल्न नसकेको बताएका छन् ।
धनगढी विमनस्थलमा पत्रकारसँग संक्षिप्त कुरा गर्दै उनले सरकार संविधान संशोधन तथा अन्य विषयमा प्रवेश नै नगरेको बताए ।
कांग्रेस र एमालेको संयुक्त सरकार बन्दा जनतामा एक किसिमको उत्साह देखिएपनि अहिले सरकारले खासै केही गर्न नसकेको उनको भनाइ छ ।
साथै, नेता कोइरालाले १५औं अधिवेशनको तयारी आफूले सुरु गरिसकेको समेत बताए । उक्त महाधिवेशनमा आफू स्वाभाविक पार्टी सभापतिको दाबेदार रहेको बताए ।
उनले आफूले अहिले कुनै गुट नचलाएकोसमेत दाबी गरे । महामन्त्री गगन थापा र सभापति देउवासँग आफ्नो सुमधुर सम्बन्ध रहेको बताए ।
What's Your Reaction?






