विद्युत प्राधिकरणको श्वेतपत्र अनिश्चितकालका लागि स्थगित 

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको श्वेतपत्र अनिश्चितकालका लागि स्थगित भएको छ । प्राधिकरणले जारी गर्ने भनिएको श्वेतपत्र तत्कालका लागि स्थगित गरिएको हो ।  श्वेतपत्र तत्कालका लागि स्थगित भए पनि अहिले जारी हुन्छ ? भन्ने टुंगो नभएको विद्युत प्राधिकरणका कर्मचारीहरुले बताएका छन् ।   प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कुलमान घिसिङको कार्यकालमा भएका काम र आर्थिक […]

Apr 29, 2025 - 04:59
 0
विद्युत प्राधिकरणको श्वेतपत्र अनिश्चितकालका लागि स्थगित 

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको श्वेतपत्र अनिश्चितकालका लागि स्थगित भएको छ । प्राधिकरणले जारी गर्ने भनिएको श्वेतपत्र तत्कालका लागि स्थगित गरिएको हो । 

श्वेतपत्र तत्कालका लागि स्थगित भए पनि अहिले जारी हुन्छ ? भन्ने टुंगो नभएको विद्युत प्राधिकरणका कर्मचारीहरुले बताएका छन् ।  

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कुलमान घिसिङको कार्यकालमा भएका काम र आर्थिक अवस्था देखाउन श्वेतपत्र पारी गर्ने तयारी गरेका थिए । तर, उक्त श्वेतपत्र तत्कालका लागि स्थगित गरिएको छ । 

श्वेतपत्र स्थगित हुनुमा प्राविधिक कारण बताइएको छ । अर्को सूचना नआउँदासम्म श्वेतपत्र जारी गर्ने काम स्थगित भएको छ । तर, श्वेतपत्र तथ्यांक तोडमोड गरेर प्रस्तुत गर्न खोजिएको र सो विषय बाहिर आएपछि श्वेतपत्र जारी गर्ने रोकिएको स्रोतले दाबी गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register