बोरिङ खनिएको खाल्डोमा दबिएर बोलेरो गायब, चालक र सहचालकले भागेर जोगाए ज्यान

काठमाडौं । मकवानपुरको हेटौँडामा रोकिराखेको बोलेरो जमिन भासिँदा गायब भएको छ । हेटौंडा उपमहानगरपालिका–१६ र १७ नम्बर वडा जोडिएको गैरीगाउँमा सडक भासिँदा ना ४ च ४८३३ नम्बरको बोलेरो गायब भएको हो । चालक हरि राई र सहचालक भने बोलेरो भासिनुअघि नै निस्किएर भागेका थिए । अहिले गाडी फसेको ठाउँमा जेसिबी लगाएर खोज्दासमेत फेला नपरेको मकवानपुर […]

May 3, 2025 - 09:21
 0
बोरिङ खनिएको खाल्डोमा दबिएर बोलेरो गायब, चालक र सहचालकले भागेर जोगाए ज्यान

काठमाडौं । मकवानपुरको हेटौँडामा रोकिराखेको बोलेरो जमिन भासिँदा गायब भएको छ ।

हेटौंडा उपमहानगरपालिका–१६ र १७ नम्बर वडा जोडिएको गैरीगाउँमा सडक भासिँदा ना ४ च ४८३३ नम्बरको बोलेरो गायब भएको हो ।

चालक हरि राई र सहचालक भने बोलेरो भासिनुअघि नै निस्किएर भागेका थिए । अहिले गाडी फसेको ठाउँमा जेसिबी लगाएर खोज्दासमेत फेला नपरेको मकवानपुर प्रहरीले जनाएको छ ।

उक्त ठाउँमा पानी निकाल्नको लागि बोरिङ खनिएको थियो । पानी ननिस्किएपछि छाडिएको खाल्डोमा गाडी दबिएर स्थानीय बताउँछन् ।

घटना शुक्रबार साँझ ५ बजेतिरको हो । तर, अहिलेसम्म बोलेरो निकाल्न सकिएको छैन ।

अहिले मोटर चलाएर पानी निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register