सुरु भयो रातो मत्स्येन्द्रनाथको रथयात्रा (तस्वीरहरू)

काठमाडौं। वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथयात्रा आज (वैशाख १८ गते) बाट सुरू भएको छ। वैशाख शुक्ल प्रतिपदामा रथारोहण गराइ अक्षय तृतीयाका दिन गौदानसहितको शान्ति स्वस्ती गरेपश्चात् सोही पक्षको चतुर्थी तिथिमा रातो मत्स्येन्द्रनाथको रथ यात्रा सुरू हुन्छ। उपत्यकाकै लामो रथ यात्रा, रातो मत्स्येन्द्रनाथको रथ यात्रा करिब १६०० वर्षभन्दा पुरानो हो। परापूर्वकालमा नगरवासीलाई श्री पद्मपाणी […]

May 1, 2025 - 13:37
 0
सुरु भयो रातो मत्स्येन्द्रनाथको रथयात्रा (तस्वीरहरू)

काठमाडौं। वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथयात्रा आज (वैशाख १८ गते) बाट सुरू भएको छ। वैशाख शुक्ल प्रतिपदामा रथारोहण गराइ अक्षय तृतीयाका दिन गौदानसहितको शान्ति स्वस्ती गरेपश्चात् सोही पक्षको चतुर्थी तिथिमा रातो मत्स्येन्द्रनाथको रथ यात्रा सुरू हुन्छ।

उपत्यकाकै लामो रथ यात्रा, रातो मत्स्येन्द्रनाथको रथ यात्रा करिब १६०० वर्षभन्दा पुरानो हो। परापूर्वकालमा नगरवासीलाई श्री पद्मपाणी अवलोकितेश्वरसमेत भनिने रातो मत्स्येन्द्रनाथको दर्शन गराउन र ललितपुर नगरको भ्रमण गराउँदै मत्स्येन्द्रनाथको रथयात्रा आरम्भ भएको विश्वास गरिन्छ। यसरी रथयात्रा आरम्भ भएपछि नगरका विभिन्न ठाउँहरू पुल्चोक, गा:बहाल, सुन्धारा, लगनखेल हुँदै जावलाखेलमा लगेर भोटो देखाइसकेपछि मत्स्येन्द्रनाथको रथ यात्रा विधिवत्‌रूपमा समापन हुन्छ।

भोटो देखाइसकेपछि मत्स्येन्द्रनाथलाई बु:मतीमा लगेर राखिन्छ। सूर्य दक्षिणायण भरि १२ पक्ष अर्थात् ६ महिना बु:मतीमा र सूर्य उत्तरायण भरि १२ पक्ष अर्थात्‌पछिको ६ महिना मत्स्येन्द्रनाथलाई पाटनको मछिन्द्र ब:हालमा राखिन्छ।

पाटनबाट दक्षिणायणमा बु:मती रहेको र सो ठाउँबाट उत्तरायणमा पाटन क्षेत्र रहेका कारण ६ महिना पाटनमा र ६ महिना बु:मतीमा श्री करुणामय रातो मत्स्येन्द्रनाथको बासस्थान रहने प्रचलन यद्यपि छ।

रातो मत्स्येन्द्रनाथलाई लिच्छवी राजा जयदेव द्वितीयले आसामको कामारूपबाट ल्याएका भन्ने धार्मिक विश्वास छ । रातो मत्स्येन्द्रनाथलाई रक्तावलोकितेश्वर, बुंगमलोकेश्वर, मच्छिन्द्रनाथ, लोकनाथ, बुंगद्यो आदि नामले पनि पुजिने गरिन्छ।

हिन्दू धर्मावलम्बीहरूले मत्स्येन्द्रनाथलाई ऐतिहासिक सन्त गुरु करुणामयको रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बीहरूले ‘पद्मपाणि’ (पञ्चबुद्धमध्येका चौथो बुद्ध) का रूपमा पुज्ने गर्दछन्।

आज पुल्चोकबाट तानेर रातो मत्स्येन्द्रनाथको रथ पाटन ग:बहाल पुर्‍याइने छ । मत्स्येन्द्रनाथको रथसँगै उनका गुरु मीननाथको रथसमेत तानिएको छ।

थप तस्वीरहरू:-

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register